आज केही ठाउँमा पानी पर्ने, हिमाली जिल्लामा हिमपात हुने

विदुर खबर २०७७ माघ २८ गते ९:०२

नुवाकोट । आज देशका पहाडी क्षेत्रका केही ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन् । वाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश १ का पहाडी क्षेत्रका केही ठाउँमा पानी पर्ने सम्भावना रहेको  मौसमविद् निराजन सापकोटाले बताउनुभयो ।

Advertisement

यस्तै उच्च पहाडी तथा हिमाली जिल्लामा हल्कादेखि मध्यम खालको हिमपातको सम्भावना रहेको मौसमविद् सापकोटाले जानकारी दिनुभयो ।उहाँका अनुसार अहिले नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ ।

अहिले सुदूरपश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश लगायत प्रदेश नं १ र वाग्मती प्रदेशका पहाडी क्षेत्रको मौसम आँशिकदेखि समान्य बदली भएको छ ।

Advertisement

प्रतिक्रिया