नुवाकोटमा खेलाडि सम्मान तथा पुरस्कार घोषणा
नुवाकोट । खेल क्षेत्रमा क्रियाशील विभिन्न व्यक्तिहरुलाई नुवाकोटमा सम्मान तथा पुरस्कार गरिने घोषणा भएको छ । एक सामाजिक संस्थाले नुवाकोटमा खेलाडीहरुलाई सम्मान तथा पुस्कृत गर्ने भएको हो ।
कार्यक्रमको बिषयमा पत्रकार सम्मेलनमार्फत जानकारी दिदै युएनटिफ सामाजिक संस्था नेपालका अध्यक्ष हरिहर पाण्डेले खेलाडीहरुको हौसला र आत्मबल बढाउन सम्मान तथा पुरस्कार कार्यक्रमले सहयोग पुग्ने दावी गरे । नयाँ खेलाडीहरुलाई खेल कौशलमा आकर्षित गर्न समेत यस कार्यक्रमले सहयोग पुग्ने उनले बताए । यहि माघ २४ गते शनिबार बट्टारस्थित खेलकुद कभर्ड हलमा सम्मान तथा पुरस्कार बितरण कार्यक्रमको आयोजना गरिएको छ । बिभिन्न खेल बिधामा उत्कृष्ट भएकाहरुलाई सम्मान र पुरस्कृत गर्दै आत्मबल बढाउने तथा खेल जीवनलाई उकास्न सम्मान कार्यक्रमको आयोजना गरेको आयोजकले जनाएको छ ।
साफ खेलकुदमा नेपाललाई पदक दिलाउने नुवाकोटका सबै खेलाडीहरुलाई नगद सहित पुरस्कृत गर्ने घोषणा गरिएको छ । स्वर्ण पदक बिजेतालाई २५ हजार, रजत पदक बिजेतालाई १५ हजार र कास्य पदक बिजेतालाई १० हजार रुपैयाँ नगदसहित सम्मान गर्ने आयोजकले जनाएको छ । यस्तै, बिभिन्न क्षेत्रका ५ जना खेलाडीलाई ३० हजार रुपैयाँ र कोच १ जनालाई २० हजार रुपैयाँसहित सम्मान गर्ने भएको छ । यसवाट खलाडि तथा खेल क्षेत्रलाई सानो भए पनि राहत पुग्ने जनाइएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











विदुर १३ वडा कार्यालय नयाँ भवनबाट सञ्चालनमा
रसुवागढी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन बन्द
नवीकरण नगर्ने ४४ निर्माण कम्पनीको इजाजतपत्र स्वतः खारेज
कतारका पूर्व अमिर अल थानीको निधन
माइतीघरमा सुकुम्बासीहरूको प्रदर्शन जारी





प्रतिक्रिया