नुवाकोटमा खेलाडि सम्मान तथा पुरस्कार घोषणा

विदुर खबर २०७७ माघ २१ गते १०:२७

नुवाकोट ।  खेल क्षेत्रमा क्रियाशील विभिन्न व्यक्तिहरुलाई नुवाकोटमा सम्मान तथा पुरस्कार गरिने घोषणा भएको छ । एक सामाजिक संस्थाले नुवाकोटमा खेलाडीहरुलाई सम्मान तथा पुस्कृत गर्ने भएको हो ।

Advertisement

कार्यक्रमको बिषयमा पत्रकार सम्मेलनमार्फत जानकारी दिदै युएनटिफ सामाजिक संस्था नेपालका अध्यक्ष हरिहर पाण्डेले खेलाडीहरुको हौसला र आत्मबल बढाउन सम्मान तथा पुरस्कार कार्यक्रमले सहयोग पुग्ने दावी गरे । नयाँ खेलाडीहरुलाई खेल कौशलमा आकर्षित गर्न समेत यस कार्यक्रमले सहयोग पुग्ने उनले बताए । यहि माघ २४ गते शनिबार बट्टारस्थित खेलकुद कभर्ड हलमा सम्मान तथा पुरस्कार बितरण कार्यक्रमको आयोजना गरिएको छ । बिभिन्न खेल बिधामा उत्कृष्ट भएकाहरुलाई सम्मान र पुरस्कृत गर्दै आत्मबल बढाउने तथा खेल जीवनलाई उकास्न सम्मान कार्यक्रमको आयोजना गरेको आयोजकले जनाएको छ ।

साफ खेलकुदमा नेपाललाई पदक दिलाउने नुवाकोटका सबै खेलाडीहरुलाई नगद सहित पुरस्कृत गर्ने घोषणा गरिएको छ । स्वर्ण पदक बिजेतालाई २५ हजार, रजत पदक बिजेतालाई १५ हजार र कास्य पदक बिजेतालाई १० हजार रुपैयाँ नगदसहित सम्मान गर्ने आयोजकले जनाएको छ । यस्तै, बिभिन्न क्षेत्रका ५ जना खेलाडीलाई ३० हजार रुपैयाँ र कोच १ जनालाई २० हजार रुपैयाँसहित सम्मान गर्ने भएको छ । यसवाट खलाडि तथा खेल क्षेत्रलाई सानो भए पनि राहत पुग्ने जनाइएको छ ।

Advertisement

प्रतिक्रिया