नवनियुक्त जापानी राजदुतद्धारा पौडेलसंग शिष्टचार भेट

विदुर खबर २०७५ साउन ८ गते ५:३१
काठमाडौं, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसंग नेपालका लागि नवनियुक्त जापानी राजदुत मासामिची साइगोसङले आज शिष्टचार भेट गरेका छन् ।
वरिष्ठ नेता पौडेलको निवास वालाजुमा भएको भेटमा दुई देशको सम्बन्धका बारेमा छलफल भएको थियो । भेटमा जापान नेपालको कृषि क्षेत्रमा लगानी गर्न तयार रहेको जानकारी राजदुत मासामिची साइगोसङले गराएका थिए । भेटमा वरिष्ठ नेता पौडेलले तनहुँ जिल्लाको तनहुँ हाइड्रोमा जापान सरकारले लगानी गरेकोमा राजदुत मासामिची साइगोसङलाई धन्यवाद दिएका थिए । त्यसै गरि नेपालको समृद्धिका लागि कृषि क्रान्ति उर्जा शक्तीको विस्तार र पर्यटनको विकास आवश्यक भएको यी क्षेत्रमा लगानी गर्न जापानलाई आग्रह गरेको पौडेलका सहयोगी चिरिन्जीवी अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया