नवनियुक्त जापानी राजदुतद्धारा पौडेलसंग शिष्टचार भेट
विदुर खबर
२०७५ साउन ८ गते ५:३१
काठमाडौं, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसंग नेपालका लागि नवनियुक्त जापानी राजदुत मासामिची साइगोसङले आज शिष्टचार भेट गरेका छन् ।
वरिष्ठ नेता पौडेलको निवास वालाजुमा भएको भेटमा दुई देशको सम्बन्धका बारेमा छलफल भएको थियो । भेटमा जापान नेपालको कृषि क्षेत्रमा लगानी गर्न तयार रहेको जानकारी राजदुत मासामिची साइगोसङले गराएका थिए । भेटमा वरिष्ठ नेता पौडेलले तनहुँ जिल्लाको तनहुँ हाइड्रोमा जापान सरकारले लगानी गरेकोमा राजदुत मासामिची साइगोसङलाई धन्यवाद दिएका थिए । त्यसै गरि नेपालको समृद्धिका लागि कृषि क्रान्ति उर्जा शक्तीको विस्तार र पर्यटनको विकास आवश्यक भएको यी क्षेत्रमा लगानी गर्न जापानलाई आग्रह गरेको पौडेलका सहयोगी चिरिन्जीवी अधिकारीले जानकारी दिए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











उपकार सहकारी नयाँ स्थानबाट पुनः सञ्चालनमा
बिदुर ५ का बाढी प्रभावितहरुलाई रेडक्रसको नगद सहयोग
नुवाकाेटमा बाढीले बगाएका ‘लकर’का धनी खोज्दै प्रहरी
नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं २ प्रदेश “क” सचिव रिजाल संस्थापनइतर पक्षमा खुले
विस्थापित परिवारलाई ५० हजार राहत दिने तारकेश्वर गाउँपालिकाको निर्णय, वडाको सिफारिससहित सम्पर्क गर्न आग्रह





प्रतिक्रिया