नुवाकोटमा भोलि उपप्रधानमन्त्रि ईश्वर पोखरेल आउँदै

विदुर खबर २०७७ माघ १८ गते २१:२२

नुवाकोट । नेपाल कम्युनिष्ट पार्टी नेकपा ओली समुहले भोलि नुवाकोटमा शक्ति प्रर्दशन गर्ने भएको छ ।

Advertisement

नेकपा नुवाकोटको ओली समुहद्धारा आयोजित आयोजित वृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्न उपप्रधानमन्त्रि पोखरेल नुवाकोट आउन लागेका हुन् । उपप्रधानमन्त्रि पोखरेलसँगै प्रधानमन्त्रिका राजनितिक सल्लाहकार विष्णु रिमाल, मन्त्रि लेखराज भट्ट पनि नुवाकोट आउने कार्यक्रम रहेको छ ।

कार्यकर्ता भेलालाई सम्बोधन गर्न उपप्रधानमन्त्रि पोखरेल नुवाकोट आउने भएसँगै जिल्लामा प्रचण्ड नेपाल–पक्षले उपप्रधानमन्त्रि पोखरेललाई कालो झन्डा देखाउने नेकपा प्रचण्ड–नेपाल समुहका एक नेताले जानकारी दिए ।

Advertisement

भोलि जिल्लामा संघद विघटनको विरुद्धमा नेपाली कांग्रेसले पनि कार्यक्रम आयोजना गरे्सँगै जिल्लामा संभावित घटना नहोसभन्ने अभिप्रायले जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको छ भने ठाउँठाउँमा प्रहरी परिचालन गरिएको छ ।

प्रतिक्रिया