हड्डी बलियो बनाउने पाँच सूत्र

विदुर खबर २०७४ फागुन ६ गते १०:२९

हड्डी जति बलियो भयो, शरीर पनि उत्तिनै बलियो हुन्छ । त्यसैले, शरीरलाई बलियो बनाउन पनि सही खानपान, व्यायाम लगायतका  अन्य धेरै कुरामा ध्यान दिन आवश्यक छ । त्यसमा लागि यस्ता खानेकुरा खानु पर्छ, जसले शरीरलाई बलियो बनाओस् । जुन यस प्रकार छ,

Advertisement

सन्तुलित आहार

हाम्रो दैनिक आहारले नै हाम्रो स्वास्थ्य अवस्था निर्धारण गरिरहेको हुन्छ । त्यसैले, खाना यस्तो खानु पर्छ, जसले शरीरलाई स्वस्थ्य राख्नुका साथै हड्डीलाई मजबुती प्रदान गरोस् । र, हड्डीलाई मजबुती प्रदान गर्ने सबैभन्दा उत्तम उपाय भनेको क्याल्सियमुक्त खानेकुराको सेवन हो ।

Advertisement

साथै, सानै उमेरदेखि क्याल्सिय, प्रोटिन भिटामिन डी लगायतका पोेषणयुक्त खानेकुराको सेवनले हड्डीलाई जरैदेखि मजबुत बनाउँछ । साथै, हड्डीको समस्या हुनबाट जोगाउँछ ।

शारीरीक कसरत

Advertisement

खुराकका अलावा पनि शरीरका लागि यस्ता कुराहरुको आवश्यक्ता पर्छ, जसले हड्डीलाई मजबुती प्रदान गर्नुका साथै हड्डी स्वस्थ राखोस् । र, हड्डीलाई स्वस्थ राख्ने राम्रो उपाय भनेको शारीरीक कसरत पनि एक हो ।

जति धेरै शारीरीक कसरत गर्या हड्डी उति नै चलायमान हुने र हड्डीलाई जोड्ने जोर्नीबाट पनि उत्तिनै राम्ररी एक किसिमको तरल पदार्थ निस्कने गर्दछ । जसले हड्डीलाई मजबुती प्रदान गर्छ

फुटवल, व्याण्डमिन्टन, टेबल टेनिस लगायतका खेल शरीरका लागि राम्रो भएकोले अभिभावकहरु पनि आˆना बालबालिकालाई पढ्नुको अलावा पनि यस्ता खेल खेल्न प्रोत्साहित गर्नुपर्छ ।

खुराकको निरन्तरता

शरीरको विकास जीवनमा जम्मा दुई पटक हुन्छ । पहिलो दुई वर्षदेखि छ वर्षको उमेरमा र दोश्रो नौ देखि चौध वर्षको उमेरमा हुन्छ । यस उमेरमा जति राम्रो खुराक भयो शरीरीक विकास उत्ति नै राम्रो हुन्छ । त्यसैले, यस उमेरमा क्याल्सियम, प्रोटिन लगायतका सप्लिमेन्टका साथै पौष्टिक खाना खान निकै जरुरी छ साथै यसलाई निरन्तरता दिन पनि उत्तिकै जरुरी छ ।

पोषणयुक्त खानेकुराको नियमित सेवनले हड्डीको राम्रो विकास हुन्छ ।

मदिराको सेवन

मदिराको सेवन गर्ने जमातमा युवाहरु अग्रपक्तिमा रहने गर्छन्  । जाड, चुरोट, रक्सी लगायतका मदिराजन्य पदार्थको साथै  विभिन्न ड्रग्स सेवन गर्नेहरुमा हड्डी कमजोर हुने समस्या अधिक हुने गर्छ । त्यसैले, हड्डी दीर्घकालीन रुपमा मजुबत राख्न पनि धुमपान तथा मदिराको सेवनबाट सकेसम्म बच्नु पर्छ ।

वंशाणुगत कारण

बाबुआमाको जीनमा खराबी भएमा पनि उनीहरुबाट जन्मने छोराछोरीमा हड्डीको समस्या हुने गर्छ । जीनलाई स्वस्थ्य राख्न तथा विकास गर्नका लागि पनि त्यसलाई मलजल गर्न आवश्यक छ । भिटामिन डी, क्याल्सियमयुक्त आहारको सेवनद्धारा पनि जीनको खराबी हटाउन सकिने हुदाँ यसबारे पनि विशेष ध्यान दिन आवश्यक छ ।

प्रतिक्रिया