इन्फ्रास्ट्रक्चर बैंकको आइपीओ बाँडफाँट शुक्रबार १० बजे
विदुर खबर
२०७७ माघ १४ गते २०:२९

नुवाकोट । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आइपीओ बाँडफाँट शुक्रबार हुने भएको छ ।
बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलका अनुसार आज बुधबार प्रि– अलोटमेन्ट हुनेछ भने शुक्रबार १० बजे आइपीओ बाँडफाँट हुनेछ ।
बैंकले माघ २ देखि ६ गतेसम्म ८ अर्ब रुपैयाँ बराबरको निष्काशन गरेको ८ अर्बको आईपीओमा १५ लाख ५० हजार ९० जनाले १८ अर्ब २७ करोड ९९ लाख ९३ हजार रुपैयाँका लागि आवेदन दिएका थिए ।
सम्बन्धित
प्रतिक्रिया