नुवाकोटको बुद्धभूमी हाइड्रोपावर आईपिओ निष्काशन माग गर्दै धितोपत्र बोर्डमा

विदुर खबर २०७७ माघ १४ गते १२:५३

नुवाकोट  । नुवाकोटको दुप्चे्श्वर गाउँपालिकाको समुन्द्रटारमा निर्माणधिन बुद्धभुमि पावर आईपियो निश्कासनको माग गर्दे धितोपत्र बोर्डमा पुगेको छ ।

बुद्धभूमी नेपाल हाइड्रोपावर लिमिटेडले आईपिओ निशाक्ष्णको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले माघ ८ गते बोर्डमा आवेदन दिएको हो ।

कम्पनीले सर्वसाधारण तथा स्थानीयको लागि १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता शेयर निष्काशनको अनुमति माग गरेको हो ।  कम्पनीले शेयर निष्काशनको लागि सिभिल क्यापिटललाई बिक्रि प्रबन्धक चयन गरेको छ ।

कम्पनीले  नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिका समुन्द्रटार स्थित ताँदी खोलामा ५ मेगावाट क्षमताको तल्लो तादी खोला आयोजना निर्माण गरिरहेको छ ।

प्रतिक्रिया