चुनाव हारेपछि बझाङ प्रचण्ड समुहका एक युवाद्धारा साथीको हत्या

विदुर खबर २०७७ माघ १४ गते ८:१३

नुवाकोट । बझाङमा विद्यालय व्यवस्थापन समितिको चुनाव हारेपछि प्रचण्ड–नेपाल समुहका एक युवाले आफ्नै साथीको हत्या गरेका छन् ।

Advertisement

बझाङ्गको छबिस पाथिभेरा गाउँपालिकाको वडा नं ३ स्थित बान्निचौर माध्यामिक विद्यालयको व्यवस्थापन समितिको निर्वाचनमा आफ्ना उम्मेदवार पराजित भएपछि विजयी उम्मेदवारका समर्थक युवाको हत्या गरेका हुन । व्यवस्थापन समितिको चुनावमा गाउँपालिका प्रमुख अक्कल धामीका छोरा प्रचण्ड समूहका उम्मेदवार रहेका थिए भने कांग्रेसको समर्थनमा अर्का उम्मेदवार रहेका थिए । चुनवमा धामीका छोरा पराजित भएपछि वडा नम्बर ३ का अध्यक्ष विकास ऐरीको नेतृत्वमा आक्रमण भएको र उनैले हत्या गर्नेलाइ मोटरसाइकलमा राखेर भगाएको स्थानीयले बताएका छन ।

नेरास्ववियूका नेता ऐन महरले निर्वाचनमा पराजित भएको विषयसँग जोडेर युवाको हत्या भएकोमा घोर भत्सर्ना गरेका छन । संयोजक महरले मंगलबार अबेर फेसबुक मार्फत आफ्नो धारणा राख्दै हत्याको जति निन्दा गरे पनि कम हुने बताएका छन । उनले भनेका छन ‘
मा वि को बिद्यालय ब्यबस्थापन समितिको चुनाव सम्पन्न भएर परिणाम आइसकेपछि सोही गाउँपालिका वडा नं ३ पाटागाउँ निवासी अमृत (लखन) सिंह माथि अपराधी जत्थाले खुँडा खुकुरी प्रहार गरि हत्या गरेका छन। म यो घटनाको घोर निन्दा एवं भत्सर्ना गर्दछु।’

Advertisement

संयोजक महरले अपराधलाई अपराधकै रुपमा लिइ कुनै प्रकारको राजनीतिक आवरण नदिन पनि अपिल गरेका छन । उनले अपराधी जोसुकै र जुनसुकै पार्टीको भए पनि हदैसम्मको कानुनी कारबाही गर्न प्रशासनको ध्यानाकर्षण गराएका छन । हत्याका विषयमा प्रहरीले अनुसन्धान थालेकाले केही समयमा प्रहरीसँगको कुराकानीमा थप बिबरण प्रकाशित गर्ने छौँ ।

प्रतिक्रिया