वाग्मती प्रदेशमा अधिकृत स्तरका १७४ जना कर्मचारी माग

नुवाकोट । वाग्मती प्रदेशको प्रदेश लोकसेवा आयोगको हेटौँडा कार्यालयले छैठौं अधिकृत स्तरका एक सय ४९ जना खुलातर्फ र २५ जना बढुवातर्फका कर्मचारी माग गरेको छ ।
वाग्मती प्रदेशको प्रदेश लोकसेवा आयोगले पहिलो पटक अधिकृत स्तरका कर्मचारी माग गरेको छ । यसअघि चौंथो र पाँचौं तहका कर्मचारी माग गरेको आयोगले अहिले भने छैठौं अधिकृत स्तरका कर्मचारी माग गरेको हो । प्रदेशका विभिन्न पालिकामा गरेर अधिकृत स्तरका १ सय ७४ जना कर्मचारी माग गरिएको प्रदेश लोकसेवा आयोग हेटौंडाका अध्यक्ष सुरेशमान श्रेष्ठले जानकारी दिनुभयो ।
लोकसेवा आयोगले प्रशासनतर्फका ५९ जना र बाँकी सबै प्राविधिकतर्फका कर्मचारी माग गरिएको हो । प्रदेशका मन्त्रालयबाट कुनै पनि कर्मचारी यसपटक माग गरिएको छैन । आजको गोरखापत्र दैनिकमा कर्मचारी भर्ना खुलेको सूचना जारी गर्दै आयोगले पालिकाबाट आवश्यक माग भएर आएका कर्मचारी माग गरिएको हो ।
लेखातर्फका ६ जना, शिक्षामा ६ जना, तथ्याङ्कमा १ जना, सिभिल इन्जिनियरतर्फका १४ जना, बिल्डिङतर्फका इन्जिनियर २ जना, वातावरण इन्जिनियर १ जना, कृषि प्रसारमा २५ जना, कृषि बागवानीमा १ जना, कृषि बालीसंरक्षणमा २ जना, पोल्टी डेरी डेभलपमेन्टमा ९ जना, मत्स्यमा १ जना, भेटेरिनरीमा १९ जना, कृषि एग्रीमा १ जना कर्मचारी माग गरिएको अध्यक्ष श्रेष्ठले बिताउनुभयो ।
माग गरिएका पालिकाका कर्मचारी विकट क्षेत्रका पालिकामा आवश्यक रहेको र करारमा राख्नका लागिसमेत अभाव भएकाहरुले लोकसेवा आयोगमार्फत कर्मचारी माग गर्ने गरेका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया