म पनि अनसन बस्छु

कबिता
म पनि अनसन बस्छु ,किनकी
मेरो समाचार हरेक पत्रिकाका हरेक पानामा छाउँछन्
हरेक व्यक्ति मलाई भेट्न आउँछन्
सेल्फी खिच्छन र सामाजिक सञ्जाल रंग्याउँछन् ।
म पनि अनसन बस्छु किनकी
अनसनका नाममा स्लाइनबाट भिटामिन, प्रोटिन र अन्य शक्तिबद्धक तत्व दिइन्छ
दिनै पिच्छे लाइभ अन्तर्वार्ता दिन पाइन्छ ।
म पनि अनसन बस्छु किनकी
अनसनका नाममा डलरले गोजि भर्न पाइन्छ
अनसन पछि देश विदेश शयर गर्न पाइन्छ ।
म पनि अनसन बस्छु किनकी
अत्याधिक अनसनकर्ताको नाममा रेकर्ड ब्रेक गर्नुछ
अनसनलाई राजनीतिकरण गर्नुछ ।
म पनि अनसन बस्छु किनकी
म एक्लो मान्छे अनसन बस्दा बस्दै इहलिला समाप्त भएपनि कोही टुहुरा बन्ने छैनन्
कोही बिधुवा हुने छैनन कोही रुने छैनन् ।
म पनि अनसन बस्छु किनकी म सरकारी कर्मचारी हुँ
सरकारको तलब, भत्ता खाएर सरकारको बिरुद्ध लड्ने मेरो अधिकार हो ।
त्यसैले म पनि अनसन बस्छु ।
फणीन्द्र फयाल
प्रतिक्रिया