सहुलीयतपूर्ण कर्जा प्रवाहका लागि दुप्चेश्वरमा त्रिपक्षिय सम्झौता

विदुर खबर २०७७ माघ ५ गते २०:३९

नुवाकोट । सहुलीयतपूर्ण कर्जा प्रवाहका लागि दुप्चेश्वरमा त्रिपक्षिय सम्झौता भएको छ ।

Advertisement

सोमवार दुप्चेश्वर गाउँपालीका, ज्वति विकास बैंक समुन्द्रटार शाखा र नुवाकोट उद्योग वाणिज्य संघबीचमा नेपाल राष्ट्र बैंकद्वारा जारी सौैलियतपूर्ण कर्जाका लागि व्याज अनुदान सम्वन्धि एकिकृत कार्यविधि २०७५ (तेस्रो शंशोधन २०७७) बमोजिम दुप्चेश्वर गाउँपालीका क्षेत्रका उद्यमी व्यवसायिको लागि उद्यमशिल कर्जा दुप्चेश्वर गाउँपालीकाको सिफारिसमा लगानी गर्ने तथा वैंकद्वारा लगानी गरिएका उद्यमीलाई दुप्चेश्वर गाउँपालीका तथा नुवाकोट उद्योग वाणिज्य संघले प्राविधिक सहयोग गर्ने गरी सम्झौतामा हस्ताक्षर गरिएको छ

सम्झौतामा गाउँपालीकाको तर्फवाट अध्यक्ष योविन्द्रसिंह तामाङ, नुवाकोट उद्योग वाणिज्य संघको तर्फवाट प्रथम उपाध्यक्ष राजेन्द्र श्रेष्ठ र वैंकको तर्फवाट ज्वति विकास वैंकका क्षेत्रिय प्रमुख राकेश डंगोलले हस्ताक्षर गरेका छन् । यो सम्झौताको समयावधि नेपाल राष्ट्र बैंकबाट व्याज अनुदान कार्याविधिले तोके बमोजिम रहने वताईएको छ । यसैगरी नुवाकोट उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष राजेन्द्र श्रेष्ठले आगामि दिनमा दुप्चेश्वर गाउँपालीका क्षेत्रको आर्थिक विकासका लागि संघले निरन्तर सहयोग गर्ने र यस क्षेत्रका उद्यमिको विकासका लागि दुप्चेश्वर, तादि लगायत यस क्षेत्रको उद्यम विकास प्रवद्र्धन गर्नका लागि संघले विशेष व्यवस्थापन गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । सम्झैताका शर्तको पालना गर्नका लागि संघले आवस्यक नितिगत निर्णय तथा अन्य व्यवस्थापन समेत गरीरहेको जानकारी गराएका थिए ।

Advertisement

ज्वति विकास बैंकको तर्फबाट क्षेत्रिय प्रमुख राकेश डंगोलले वैंकद्वारा कृषि क्षेत्रको सम्भावना देखेर नै कृषक मैत्रि ऋणका प्याकेजहरु निर्माण गरिरहेकोले ढुक्क हुन आग्रह गदै लिईएको ऋणको सदुपयोगका लागि बैंक पालीका, उद्योग वाणिज्य संघका साथै सरोकारवालाद्वारा समेत सहयोग प्राप्त गर्ने अपेक्षा व्यक्त गरे । उनले विना धितोमा बैंकद्वारा ऋण प्रवाह भईरहेकोमा अवका दिनमा पनि केहि उद्यम व्यवसाय गर्ने सोच भएका मेहनति उद्यमि व्यवसायि लगानिको अभावमा निरास हुनु नपर्ने र वैंकले सहयोग गर्ने प्रतिवद्धता समेत उनले विश्वास व्यक्त गरे ।

कार्यक्रममा दुप्चेश्वर गाउँपालीकाका अध्यक्ष योविन्द्रसिहं तामाङले गाउँपालीकाको आर्थिक तथा नीजि क्षेत्रको विकासका लागि पालीकाको नीति तथा कार्यक्रममा समेत उच्च प्राथमिकता दिईएको कारण आजको यो कार्यक्रम गर्न सम्भव भएको बताए । उनले दुप्चेश्वर गाउँपालीमा कृषि उद्यमको उच्च सम्भावना भएकोले यस क्षेत्रमा त्यस्तो उद्यम व्यवसाय संचालन गरेमा पालीकाद्वारा गर्नुपर्ने सहयोगका लागि सदैव पालीका तयार रहने र ढुक्क भएर लगानी गर्नका लागि आग्रह गरे ।

Advertisement

दुप्चेश्वर नुवाकोट जिल्लाको ग्रामिण तथा दुर्गम क्षेत्र भएता पनि सम्भावनाको हिसावले लगानी योग्य क्षेत्र भएको तथा भएका सम्भावनाको प्रवद्र्धन गर्नका लागि गाउँपालीकाको अगुवाईमा सरोकारवाला निकायले योग्दान गर्न सकेमा यहाँको सम्भावना बजारमा सहज रुपमा वेच्न सकिने र स्थानीयको आर्थिक समृद्धि हुने कुरा सरोकारवालाहरुले जोड दिएका छन् ।

प्रतिक्रिया