कोरोना भाइरसको नयाँ प्रकार नेपालमा भित्रिएको पुष्टि

विदुर खबर २०७७ माघ ५ गते १९:४३

नु्वाकोट । कोरोना भाइरस ‘कोभिड–१९’ को नयाँ प्रकार नेपालमा भित्रिएको पुष्टि भएको छ । पुष पहिलो साता बेलायतबाट आएका तीन जनामा देखिएको संक्रमण नयाँ प्रकारको भएको पाइएको हो ।

Advertisement

पुष पहिलो साता बेलायतबाट आएका ६ जनामा कोरोना संक्रमण भएको १३ पुसमा पुष्टि भएको थियो । तर जिन सिक्वेन्सिङ नभएका कारण नयाँ प्रकार भएरनभएको खुलेको थिएन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २७ पुषमा उनीहरुको नमुना हङकङ प्रयोगशालामा पठाइएको थियो । त्यसमध्ये ३ जनामा देखिएको भाइरस नयाँ प्रकारको भएको पुष्टि भएको छ ।

२८ वर्षीया महिला, ३२ र ६७ वर्षीय पुरुषमा नयाँ प्रकारको भाइरस देखिएको हो । उनीहरुमध्ये २८ वर्षीया महिला र ३२ वर्षीय पुरुष नेगेटिभ भइसकेका छन् भने ६७ वर्षीय पुरुष पोजेटिभ नै भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जनाए । तर तर उनमा कुनै लक्षण देखिएको छैन ।

Advertisement

प्रतिक्रिया