गेर्खुको अजम्बरी साना किसान सहकारीको छैटौ साधारणसभा सम्पन्न

विदुर खबर २०७७ माघ ४ गते ९:३५

गेर्खु । विदुर नगरपालिकाको वडा नम्बर ११ गेर्खुमा रहेको अजम्बरी साना किसान सहकारीको छैटौ साधारण सभा तथा दोश्रो अधिबेसन सम्पन्न भएको छ ।

Advertisement

अधिबेसनले पुन गायत्री अधिकारीको अध्यक्षतामा ११ सदस्यिय समित गठन गरेको छ । उपाध्यक्षमा पबित्रामाया प्याकुरेल चयन हुनु भएको छ ।  सदस्यहरुमा लालुमाया तामाङ, तेण्डोमा शेर्पा, लक्ष्मी घले लामिछाने, लक्ष्मी लामिछाने चालिसे, सरिता तामाङ, सुकुमाया तामाङ, सिताकुमारी प्याकुरेल, लिलिमाया तामाङ र बिन्दु मोक्तान चयन हुनुभएको छ ।  यस्तै सुभद्रा रिमालको संयोजकत्वमा तिन सदस्यिय लेखा समिति गठन गरिएको छ । सहस्यहरुमा राधिका तामाङ र कलावती लामा रहनुभएको छ । विदुर नगरपालिकाको वडा नम्बर १० र ११ लाई कार्यक्षेत्र बनाएर सञ्चालनमा रहेको सहकारीले कृषि औजार बितरण, रसायनिक मलको कारोबार, विउविजन ५० प्रतिशत अनुदानमा बितरण, सस्तो व्याजदरमा पशुपालनमा कर्जा लगानी, बित्तिय साक्षरता तालिम सञ्चालनलगायतका कार्यहरु सञ्चालन गर्दै आएको सहकारीका अध्यक्ष गायत्रि अधिकारीकारिले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

४० लाख रुपैयाँ बराबर सेयर रकम रहेको सहकारीले १ करोड ३१ लाख रुपैयाँ निक्षेप संकलन गरी लगभग ३ करोड रुपैयाँ लगानी गरी साढे चार लाख रुपैयाँ नाफा कमाउन सफल रहेको सहकारीका प्रबन्धक निराजन प्याकुरेलद्धारा प्रस्तुत गरिएको प्रदिवेदनमा उल्लेख  गरिएको छ । सहकारीले पशुपालन र कृषि क्षेत्रमा लगानी गर्नको लागी साना किसान विकास लघुबित्त बित्तिय संस्था धादिङबाट १ करोड २२ लाख ५० हजार रुपैयाँ कर्जा लिएको छ ।

Advertisement

 कार्यक्रममा साना किसान विकास लघुबित्त बित्तिय संस्थाका अधिकृत हरिप्रसाद न्यौपानेले गाँउघरमा सञ्चालनमा रहेको सहकारी मार्फत ग्रमिण भेगका नागरिकहरुको आर्थिक वृद्धि हुँदै गएको बताउनुभएको छ । कृषि सहकारीमार्फत पशुपालन, बिउविजन, तरकारीलगायत अन्य कृषि क्षेत्रमा लगानी गरी नागरिकहरुको आर्थिक अबस्था उकास्न सहकारीको उल्लेख्य योगदान रहेको उहाँको भनाई रहेको छ ।

प्रतिक्रिया