Logo
गृहपृष्ठ
    • समाचार
    • आर्थिक
    • अन्तरास्ट्रिय
    • खेलकुद
    • राजनीतिक
    • नुवाकोट समाचार
    • मनोरञ्जन
      • विचार
    • स्वास्थ्य/जीवनशैली

नागढुंगा सुरुङमा स्थानीयले तत्काल अवरोध नगर्ने

प्रकाशित मिती: २९ पुष २०७७, बुधबार ०९:१६

नुवाकोट ।  नागढुंगा–सिस्नेखोला सुरुङ आयोजनामा करिब एक दर्जन माग राख्दै पूरा नगरे निर्माण रोक्ने चेतावनी दिएका स्थानीय चौतर्फी टीकाटिप्पणी भएपछि पछि हटेका छन् ।

Trishuli Web Design in Nepal Nuwakot
Acharya Engineering Consultancy & Business Training Centre Nuwakot
Pioneer Education Consultancy And Visa Service Pvt. Ltd.

चन्द्रागिरि नगरपालिका–२ का स्थानीयले निर्माणमा कुनै अवरोध नगर्ने र आफूहरूले राखेका माग आयोजनाले बिस्तारै सम्बोधन गर्दै जानुपर्ने माग अघि सारेको नगरपालिकाका मेयर घनश्याम गिरीले बताए । ‘स्थानीयका मागबारे नगरपालिकामा छलफल गरिसकिएको छ,’ उनले भने, ‘दुवै पक्ष राख्दा कुरा नमिल्ला भनेर एक पक्षलाई मात्र राखेर छलफल गरिएको हो ।’

सुरुङमाथिको जग्गा उपयोग गर्न पाइने नपाइनेबारे स्थानीय जानकार नभएको र यसबारे आफूले प्रस्ट्याइसकेको उनको भनाइ छ । ‘नगरपालिकाको मापदण्डअनुसार घर बनाउन पाइनेछ,’ उनले भने, ‘जग्गा खरिदबिक्री गर्न पनि पाइनेछ ।’ सुरुङ खन्ने क्रममा भविष्यमा ठूलो धनजनको क्षति भए आयोजना वा नेपाल सरकारले व्यहोर्ने विषयमा पनि छलफल भएको छ । ‘सुरुङ खन्ने क्रममा ब्लास्टिङ गर्दा क्षति हुन्छ भन्ने डर स्थानीयमा छ,’ उनले भने, ‘यस विषयमा आयोजनासँग छलफल गर्न बाँकी छ ।’

आयोजनामा पर्ने अझै ६० घर अधिग्रहण गर्न बाँकी छ । यसबारे पनि छलफल भइरहेको उनको भनाइ छ । ‘आफूहरूले राखेका मागका विषयमा स्थानीय आक्रामक छैनन्,’ उनले भने, ‘तर माग बिस्तारै पूरा गर्नुपर्छ भन्ने पक्षमा छन् ।’ खोला सुकेर सिँचाइमा समस्या भए आयोजनाले सघाउनुपर्ने उनले बताए । वडा नम्बर २ का अध्यक्ष गोपी सुर्खेती नेतृत्वको टोलीले पुस १९ गते आठबुँदे मागसहितको ज्ञापनपत्र आयोजनालाई बुझाएको थियो । माग पूरा नगरे निर्माणको काम रोक्नेसम्मको चेतावनी उनीहरूले दिएका थिए ।

सडक विभागअन्तर्गत विकास सहायता कार्यान्वयन महाशाखा प्रमुख अर्जुनजंग थापाले भने स्थानीयले अवरोध नगर्ने भनेर लिखित प्रतिबद्धता नजनाएको बताए । ‘स्थानीयलाई राखेर मेयरले मागका सम्बन्धमा छलफल गरेको भन्ने जानकारी आएको छ,’ उनले भने, ‘छलफलका क्रममा आइन्दा अवरोध नगर्ने निर्णय भएको जानकारी पाएका छौं ।’ अहिले काममा अवरोध छैन । उनका अनुसार पहिला पनि वडाध्यक्ष सुर्खेती आफैं बसेर माइन्युट गर्दै त्यसमा आयोजनाले के–के गर्ने र वडाबासीले के–के गर्ने भनी जिम्मेवारी बाँडफाँट गरिएको थियो ।

उनका अनुसार रोजगारीमा पहिलो प्राथमिकता स्थानीयलाई नै दिइएको छ । ‘रोजगारीका लागि कति जनशक्ति चाहियो, त्यसको संख्या किटान गरेर नगरपालिकालाई दिने गरिएको छ,’ उनले भने, ‘नगरपालिकाले रोजगारी आह्वान गरेर जनशक्ति पठाउने गरेको छ ।’ अहिले धादिङतिर आवश्यक जनशक्ति र इक्विपमेन्ट जुटाएर चौबिसै घण्टा काम भइरहेको उनले बताए । ‘अहिले सुरुङ खन्ने काम धमाधम छ,’ उनले भने, ‘पहिला दिनको एक मिटर मात्र खन्ने गरिन्थ्यो, आइतबारबाट दिनको दुई मिटर खन्न थालिएको छ ।’

अहिलेसम्म करिब २१ मिटर खनिसकिएको छ । ‘करिब ३० मिटरमा पुगेपछि विस्फोटक पदार्थ प्रयोग गरिनेछ,’ उनले भने, ‘विस्फोटक पदार्थ प्रयोग गर्नेबारे आइतबार नै प्रहरी र नगरपालिकालाई सूचना दिइसकिएको छ ।’ काठमाडौंतर्फ भने केही दिनभित्रमा सुरुङ खन्ने काम थालिनेछ । त्यहाँ अहिले सुरुङ खन्नुअघिको काम भइरहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ कात्तिक ४ मा सुरुङमार्गको शिलान्यास गरेका हुन् । ४२ महिनामा निर्माण सम्पन्न गर्नुपर्ने आयोजनाले १४ महिना बिताइसकेको छ । तर भौतिक प्रगति त्यति छैन । २ दशमलव ६८ किमि दूरीको सुरुङ निर्माणमा जापानको साढे १६ अर्ब ऋण सहयोग र ६ अर्ब नेपाल सरकारको लगानी छ ।

कान्तिपुर दैनिकबाट ।

शेयर गर्नुहोस् >>

तपाइको प्रतिक्रिया

संबन्धित शीर्षकहरु

नुवाकोटमा कोरोना भाइरसविरुद्धको खोप अभियान शुरु
नुवाकोटमा कोरोना संक्रमितको संख्या ११ सय २७ पुग्यो
नुवाकोटमा आजदेखि कोरोना विरुद्धको खोप लगाइने
आजदेखि देशभर कोरोनाविरुद्ध खोप अभियान शुरु
बालुवाको ठेक्कामा अनियमितता भएको भन्दै उजुरी
नुवाकोटको दुप्चेश्वरमा सुरु भयो नागरिक आरोग्य सेवा केन्द्र
‘चुनाव पछाडि सर्न सक्छ’ : गृहमन्त्री थापा
नुवाकोटमा निर्वाचनको तयारी शुरु
kerung

ताजा अपडेट

इन्फ्रास्ट्रक्चर बैंकको आइपीओ बाँडफाँट शुक्रबार १० बजे

नुवाकोट । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आइपीओ बाँडफाँट शुक्रबार हुने भएको छ । बिक्री प्रबन्धक एनआइबीएल...

नुवाकोटमा कोरोना भाइरसविरुद्धको खोप अभियान शुरु

नुवाकोट । नुवाकोटमा कोरोनाविरुद्धको खोप अभियान सुरु भएको छ । जिल्ल अस्पताल त्रिशुलीमा भएको...

  • नुवाकोटमा कोरोना संक्रमितको संख्या ११ सय २७ पुग्यो
  • नुवाकोटको बुद्धभूमी हाइड्रोपावर आईपिओ निष्काशन माग गर्दै धितोपत्र बोर्डमा
  • पीएम कप क्रिकेट : फाइनल पुग्न एपीएफ र पुलिस भिड्दै,एपीएफ ब्याटिङमा
  • कक्षा १२ को नतिजा प्रकाशनमा ढिलाइ,नतिजा आउन अझै दुई साता लाग्ने
  • इन्फ्रास्ट्रक्चर बैंकको आइपीओ बाँडफाँट शुक्रबार १० बजे
  • नुवाकोटमा कोरोना भाइरसविरुद्धको खोप अभियान शुरु
  • नुवाकोटमा कोरोना संक्रमितको संख्या ११ सय २७ पुग्यो
  • नुवाकोटको बुद्धभूमी हाइड्रोपावर आईपिओ निष्काशन माग गर्दै धितोपत्र बोर्डमा
  • पीएम कप क्रिकेट : फाइनल पुग्न एपीएफ र पुलिस भिड्दै,एपीएफ ब्याटिङमा
प्रकाशक\सम्पादक : शालिकराम चालिसे     संवाददाता : नवराज चालिसे, संगिता लामिछाने     गेर्खु मिडिया प्रा.लि विदुर ११ नुवाकोट    
© Bidurkhabar.com 2018 | All rights reserved
Website By : ssec
फोन: ९८४९८२०९१६ ईमेल : [email protected]