नेपाल एकीकरणको सन्दर्भसँग जोडेर नुवाकोटको पर्यटन प्रर्वद्धन गरिने

विदुर खबर २०७७ पुष २८ गते १३:२६

नुवाकोट । सरकारले पृथ्वी नारायण शाहको नेपाल एकीकरणको सन्दर्भसँग जोडेर पर्यटन प्रर्वद्धन गर्न विकास समिति गठन गर्ने भएको छ ।

Advertisement

संस्कृति तथा नागरिक उडड्यन मन्त्रालयले गठन आदेशमार्फत विकास समिति निर्माण गर्ने् प्रक्रिया शुरु गरेको संस्कृति तथा नागरिक उडड्यन मन्त्राी भानुभत्त ढकालले जानकारी दिए । आईतवार पृथ्वी नारायण शाहको २ सय ९९ औ जन्मजयन्ती तथा रााष्ट्रिय एकता दिवस २०७७ को अवसरमा कमलादीमा आयोजना गरिएको विचार गोष्ठीान बोल्दै मन्त्रि ढकालले विकास समिति गठनको काम अन्तिम चरणमा पुगेको बताए ।

पृथ्वी नारायण शाहको एकीकरण अभियान नुवाकोटबाट शुर भएर विजय प्राप्ती भएको र देवहासन पनि नुवाकोटमै भएकोले एकीकरणको धार्मिक पाटोसँग जोडिएको चिम्टेश्वर लगायतका ठाउँलाई सांस्कृतिक,धार्मिक र पर्यटकीय हिसावले संरक्षण गर्न गठन आदेश मार्फत विकास समिति गठन गर्ने् प्रक्रिया शुरु भइसकेको मन्त्रि ढकालको भनाई रहेको छ ।

Advertisement

प्रतिक्रिया