Logo
गृहपृष्ठ
    • समाचार
    • आर्थिक
    • अन्तरास्ट्रिय
    • खेलकुद
    • राजनीतिक
    • नुवाकोट समाचार
    • मनोरञ्जन
      • विचार
    • स्वास्थ्य/जीवनशैली

बेलकोटगढीमा सहुलीयतपूर्ण कर्जा प्रवाहका लागि त्रिपक्षिय सम्झौता

प्रकाशित मिती: २४ पुष २०७७, शुक्रबार ०९:०१

नुवाकोट । बेलकोटगढि नगरपालीका, सानिमा बैंक बाघखोर शाखा र नुवाकोट उद्योग वाणिज्य संघबीच र बेलकोटगढि नगरपालीका, ज्वति विकास बैंक रातमाटे शाखा र नुवाकोट उद्योग वाणिज्य संघबीच नगरपालिकाभित्र सहुलियतपुर्ण कर्जा प्रवाहका लागि त्रिपक्षिय सम्झौता भएको छ ।

नेपाल राष्ट्र बैंकद्वारा जारी सौैलियतपूर्ण कर्जाका लागि व्याज अनुदान सम्वन्धि एकिकृत कार्यविधि २०७५ (तेस्रो शंशोधन २०७७) बमोजिम बेलकोटगढि नगरपालीका क्षेत्रका उद्यमी व्यवसायिको लागि उद्यमशिल कर्जा बेलकोटगढि नगरपालीकाको सिफारिसमा लगानी गर्ने तथा वैंकद्वारा लगानी गरिएका उद्यमीलाई बेलकोटगढि नगरपालीका तथा नुवाकोट उद्योग वाणिज्य संघले प्राविधिक सहयोग गर्ने गरी सम्झौतामा हस्ताक्षर गरिएको छ । सम्झौतामा नगरपालीकाको तर्फवाट मेयर राजेन्द्र रमण खनाल, नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष तारा वहादुर कार्की र वैंकहरुको तर्फवाट सानिमा बैंकबाट विदुर शाखा प्रवन्धक मधुप्रकाश खतिवडा, र ज्वति विकास बैंकको तर्फवाट बरिष्ठ अधिकृत राकेश डंगोलले हस्ताक्षर गरेका छन् । सम्झौताको समयावधि नेपाल राष्ट्र बैंकबाट व्याज अनुदान कार्याविधिले तोके बमोजिम रहने वताईएको छ ।

कार्यक्रममा नुवाकोट उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष शरण उत्सुक सापकोटाले सम्झौताको अक्षरस कार्यान्वयनमा जोड दिंदै व्यवसायीहरुले निरन्तर रुपमा यसको फाईदा लिन सक्रिय हुनुपर्नेमा जोड दिए । यस्तै नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष तारा वहादुर कार्कीले आगामि दिनमा बेलकोटगढि नगरपालीका क्षेत्रको आर्थिक विकासका लागि संघले निरन्तर सहयोग गर्ने तथा सम्भाव्यता हेरी लगानी कर्ता भित्रियाउन पहल गर्ने वताउँदै भएको सम्झौताका सर्तमा संघ प्रतिबद्ध भएर पुरा गर्न लाग्ने बताए । उनले संघका नियमित कार्यक्रममा नगरपालिकावाट भएको सहयोगको प्रशंशा गदै अगामि दिनमा संघको क्षमता विकासमा सहयोगको अपेक्षा रहेको समेत बताए ।

यस्तै सानिमा बैंक विदुर शाखा प्रवन्धक मधुप्रकाश खतिवडाले बैंकले सम्झौताका शर्त पालनामा प्रतिबद्धता व्यक्त गदै आगामि दिनमा विगतमा जस्तै यस क्षेत्रको नीजी क्षेत्रको विकासमा सक्दो सहयोग तथा लगानि गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले विगतमा समेत सहुलियतदरकोे कर्जा प्रवाह भईरहेको अवस्थामा आगामि दिनमा पनि यसलाई तिव्रता दिने जानकारी दिए ।

यसैगरी ज्वति विकास बैंकका नुवाकोट र धादिडका क्षेत्रिय प्रमुख राकेश डंगोलले सम्झौताको कार्यान्वयनमा प्रतिवद्धता व्यक्त गदै विगतमा समेत रातमाटे शाखावाट सहुलियत दरको १५ जना उद्यमिहरुलाई कर्जा प्रवाह भईसकेको जानकारी दिए । उनले रातमाटे शाखाको अलवा अन्य शाखाले समेत यस्तो कर्जा प्रवाह गरीरहेको तथा यस सम्झौताले त्यस्तो कर्जा प्रवाहलाई थप व्यवस्थित गरी लक्षित वर्ग सम्म प¥याउन सहयोग पुग्ने विश्वास व्यत्त गरे ।

कार्यक्रममा नगर प्रमुख राजेन्द्र रमण खनालले नगरपालीकाको आर्थिक विकासमा यो सम्झौताले सहयोग पुग्ने विश्वास व्यक्त गर्नु भयो । सम्झौताका शर्तहरुको पालनामा नगरपालीका प्रतिवद्ध रहेको बताए । उनले पाउनुपर्ने व्यवसायिले कर्जा प्राप्त गर्नका लागि नगरपालीकाद्वारा सहजिकरण गरिने त्यसका लागि वडा अध्यक्षको समेत भुमिका महत्वपुर्ण रहेको उल्लेख गरे । मेयर खनालले सरोकारवाला निकायको समेत सहयोगमा नगरपालीकाले नीजीक्षेत्रको विकासमा लागिपरेको वताउँदै उद्यमशिलता विकास विना नगरपालीकाको आर्थिक समृद्वि सम्भव नभएको कारण त्यसका लागि नगरपालीकाले उचित स्रोत व्यवस्थापन गरी प्राथमिकताका साथ विकास गर्ने योजना रहेको जानकारी दिए ।

बेलकोटगढि नगरपालीका क्षेत्र नुवाकोट जिल्लाको ग्रामिण तथा दुर्गम क्षेत्र भएता पनि सम्भावनाको हिसावले लगानी योग्य क्षेत्र भएको तथा भएका सम्भावनाको प्रवद्र्धन गर्नका लागि नगरपालीकाको अगुवाईमा सरोकारवाला निकायले योग्दान गर्न सकेमा यहाँको सम्भावना बजारमा सहज रुपमा वेच्न सकिने र स्थानीयको आर्थिक समृद्धि हुने कुरामा सरोकारवालाहरुले जोड दिएका थिए ।

नुवाकोटमा यस अघि यसै किसिमको सम्झौता विदु्र नगरपालीका र नेपाल बैंक लि, तादि गाउँपालीका र कृषि विकास बैंक, दुप्चेश्वर गाउँपालीका र एभरेष्ट बैंक बीचमा समेत भएर व्यवसायिहरुद्वारा सहुलीयतपूर्ण कर्जा प्राप्त गर्न थालिसकेको अवस्था छ । यस्तो ऋण प्राप्त गर्न व्यवसाय दर्ता गरी स्थाई लेखा नम्वर प्राप्त उद्योगि व्यवसायि हुनै पर्छ भने ऋणको प्रकृति हेरी वैंकले अन्य कागजात माग गर्ने गर्दछ ।

शेयर गर्नुहोस् >>

तपाइको प्रतिक्रिया

संबन्धित शीर्षकहरु

क्षेत्रपाल आधारभुत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमला भुजेल कांग्रेस प्रवेश
संसद विघटनविरुद्ध नुवाकोट कांग्रेसद्धारा ८८ वटै वडामा प्रर्दशन
संसद विघटनको विरुद्धमा नुवाकोट कांग्रेसले आज वडाहरुमा प्रर्दशन गर्दे
मुक्तिनाथ विकास बैंकको अधिकांश सूचकमा सुधार
सर्लाहीमा बस दुर्घटना २ महिलाको ज्यान गयो १७ घाइते
नेपाली कांग्रेसकी नेतृ गिता अमात्यद्धारा रिमाललाई स्वास्थ्य सामाग्रि वितरण
संसद विघटनविरुद्ध नेपाली कांग्रेस नुवाकोटले भोलि सबै वडामा विरोध प्रदर्शन गर्ने
देउवालाई प्रधानमन्त्री स्वीकार्न तयार छु : प्रचण्ड
kerung

ताजा अपडेट

क्षेत्रपाल आधारभुत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमला भुजेल कांग्रेस प्रवेश

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ३ मा रहेको क्षेत्रपाल आधारभुत विद्यालय व्यवस्थापन...

संसद विघटनविरुद्ध नुवाकोट कांग्रेसद्धारा ८८ वटै वडामा प्रर्दशन

नुवाकोट । प्रधानमन्त्रि केपी शर्मा ओलिले गरेको संसद विघटनको विरोधमा नेपाली कांग्रेुस नुवाकोटले...

  • पाँच दिनभित्र सबै जिल्लामा कोरोना खोप पुर्याइने
  • संसद विघटनको विरुद्धमा नुवाकोट कांग्रेसले आज वडाहरुमा प्रर्दशन गर्दे
  • मुक्तिनाथ विकास बैंकको अधिकांश सूचकमा सुधार
  • सर्लाहीमा बस दुर्घटना २ महिलाको ज्यान गयो १७ घाइते
  • क्षेत्रपाल आधारभुत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमला भुजेल कांग्रेस प्रवेश
  • संसद विघटनविरुद्ध नुवाकोट कांग्रेसद्धारा ८८ वटै वडामा प्रर्दशन
  • पाँच दिनभित्र सबै जिल्लामा कोरोना खोप पुर्याइने
  • संसद विघटनको विरुद्धमा नुवाकोट कांग्रेसले आज वडाहरुमा प्रर्दशन गर्दे
  • मुक्तिनाथ विकास बैंकको अधिकांश सूचकमा सुधार
प्रकाशक\सम्पादक : शालिकराम चालिसे     संवाददाता : नवराज चालिसे, संगिता लामिछाने     गेर्खु मिडिया प्रा.लि विदुर ११ नुवाकोट    
© Bidurkhabar.com 2018 | All rights reserved
Website By : ssec
फोन: ९८४९८२०९१६ ईमेल : bidurkhabar@gmail.com