शिक्षकहरुको जिल्लान्तर सरुवा रोक्का
विदुर खबर
२०७७ पुष २१ गते ९:३३
नुवाकोट । सरकारले शिक्षकहरुलाई एक जिल्लाबाट अर्को जिल्लामा सरुवा हुन रोक लगाएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी भक्तपुरले शिक्षकहरुको जिल्लान्तर सरुवा रोक्का गरेको हो ।
केन्द्रका निर्देशक बसन्तप्रसाद कोइरालाका अनुसार हाल शिक्षकहरुको दरबन्दी मिलानको काम भइरहेकाले जिल्लान्तर सरुवा रोक्का गरिएको हो । कोइरालालेसबै शिक्षा विकास तथा समन्वय इकाइहरुलाई सोमबार परिपत्र गर्दै जिल्लान्तर सरुवा रोक्का गरिएको जानकारी दिएका छन् ।
दरबन्दी मिलानको काम सम्पन्न गर्न अझै केही समय लाग्ने र शिक्षक सेवा आयोगबाट स्थायी पदपूर्तिको लागि जिल्लागत विवरणसमेत प्राप्त भएकाले अर्को सूचना जारी नभएसम्मका लागि सबै तह र श्रेणीका शिक्षकहरुको जिल्लान्तर सरुवा रोक्का गरिएको कोइरालाले बताए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया