पुर्व माओवादीका सेक्सन कमान्डर सहित एकदर्जन कार्यकर्ता नेपाली कांग्रेस प्रवेश

विदुर खबर २०७७ पुष १८ गते १६:५७

नुवाकोट । नेपाल कम्यनिष्ट पार्टी नेकपा विभाजन भएसँगै पार्टीका कार्यकर्ताहरु निराश हुँदै अन्य पार्टी प्रवेशको लहर चलेको छ ।

Advertisement

यसैक्रममा शनिवार नुवाकोटको सुर्यगढी गाउँपालिका वडा नम्बर १ लच्याङ्गका पुर्व जनमुत्ति सेनाका सेक्सन कमाण्डर अनिल तामाङसहित एक दर्जन नेकपाका कायृत्रकर्ता नेपाली कांग्रेस प्रवेश गरेका छन् । उनीसहित एकदर्जन नेता तथा कार्यकर्तालाई नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्व अर्थमनित्र डा.रामशरण महतले उनीहरुलाइृ स्वागत गरेका छन् ।

उनीहरुलाइृ डा.महतल टिका र खादा लगाएर पार्टी प्रवेशद गराएका हुन् । पार्टी प्रवेश कार्यक्रममा बोल्दै डा. रामशरण महतले सरकारले असंवैधानिक कदममार्फत संसद विघटन गरेकोले सबैले त्यसको प्रतिवाद गर्नुपर्ने बताए । उनले प्रधानमन्त्रि के.पी शर्मा ओलीमा तानाशाहको अर्काे रुप देखिएकोले अब लोकतान्त्रिक पक्षधरले संविधानको रक्षाको निम्ती आन्दोलन गर्नुको विकल्प नरहेको बताए ।

Advertisement

यस्तै कांग्रेस प्रवेश गरेका युवाहरुले सरकारले गरेका कामहरुप्रति जनता सन्तुष्ट नभएको र उनीहरुले अपेक्षा अनुसार काम नगरेको भन्दै पार्टी परित्याग गरेको बताए ।

प्रतिक्रिया