आजको मौसम : उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना

विदुर खबर २०७७ पुष १५ गते ८:५५

नुवाकोट । आज देशको उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

Advertisement

पश्चिमी वायुको प्रभावका कारण हल्का हिमपातको सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले  जानकारी दिनुभयो । उहाँका अनुसार सुदूरपश्चिम प्रदेशको उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ । यस्तै कर्णाली र गण्डकी प्रदेशको आकाशमा आज बादल लाग्ने सम्भावना छ ।

दिनभर बादल नलागे पनि पारिलो घाम पनि नलाग्ने उहाँले बताउनुभयो । तराईमा बिहानतिर एकछिन कुहिरो लाग्नेछ ।  दिउँसो कुहिरो हटेर घाम लाग्ने सम्भावना छ । अरु ठाउँको मौसम आज सामान्यतया सफा नै रहने मौसविद् कँडेलले जानकारी दिनुभयो ।

Advertisement

राति पनि कर्णाली, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही ठाउँको आकाशमा बादल लाग्नेछ । यसैबीच आज बिहान ६ बजे काठमाण्डौ उपत्यकाको तापक्रम २ डिग्री सेल्सियस मापन गरिएको छ ।

प्रतिक्रिया