आज धान्यपुर्णिमा विविध कार्यक्रमको आयोजाना गरि मनाइँदै

विदुर खबर २०७७ पुष १५ गते ८:३१

नुवाकोट । आज बुधबार मंसिर पूर्णिमा  अर्थात् धान्य पूर्णिमाको दिन विभिन्न जातजातिका पर्वहरु परेका छन् ।

Advertisement

आज सुदूरपूर्वका किरातदेखि कर्णाली प्रदेशको विकट क्षेत्रका बासिन्दाले समेत एकैदिन आ-आफ्ना पर्वहरु मनाउँदैछन् । सामान्यतया मंसिर वा पुसको पहिलो सातामा पर्ने धान्य पूर्णिमा यो वर्ष अधिकमासका कारण पुस १५ मा परेको हो । आजकै दिन नेवार समुदायले धान्य लक्ष्मीको प्रतिमा स्वरूप योमरीको पूजा गर्ने गर्छन् । प्रकृतिपूजक किरातहरूले यही दिनलाई उधौली पर्वका रुपमा मान्ने गर्छन् भने पहाडी भेगका ब्राहृमण क्षेत्रीयहरूले धान्य पूर्णिमाका रूपमा कुल पूजा गर्छन् । त्यसैगरी तिथिको साटो गते अनुसार हरेक वर्ष पुस १५ मा पर्ने गुरुङ जातिको ल्होछार पर्व आजकै दिन परेको छ ।

समग्रमा भन्दा यो वर्षको पुस १५ विविध सांस्कृतिक पर्वहरूको संगम बनेको छ । ज्योतिषीय हिसाबले मंसिर पूर्णिमाको त्यति धेरै महत्व रहेको पाइँदैन । तर, सूर्य दक्षिणायनबाट उत्तरायणोन्मुख रहेकाले यही दिनदेखि दिन लामो र रात छोटो हुन्छ भन्ने तर्कको ज्योतिषीय आधार रहेको पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा.डा. माधवप्रसाद भट्टराई बताउँछन् ।

Advertisement

कृषिप्रधान मुलुकमा धान भित्र्याइसकेपछि फुर्सदिलो बनेका किसानहरुले पूर्णिमाको पवित्र दिन या रातमा विभिन्न नाच एवं पर्व मनाउन थालेका हुन् । पूर्णिमा आफैँमा पवित्र तिथि हो, फुर्सद भएपछि त्यही मंसिर पूर्णिमामा धेरैले चाडपर्व मनाउन थालेसँगै यसको महत्व त्यसैले बढाएको हुन सक्नेे तर्क भट्टराई गर्छन् ।

 

Advertisement

प्रतिक्रिया