नेपाली श्रमिकलाई थप अवसर दिनेबारे नेपाल र कोरियाबीच छलफल
काठमाडौँ, नेपाल र गणतन्त्र कोरियाबीच रोजगारी अनुमति प्रणालीअन्तर्गत थप नेपाली श्रमिकलाई अवसर दिनेबारे छलफल भएको छ ।
नेपाल–कोरिया परामर्श संयन्त्रको चौथो बैठकमा कोरियामा कार्यरत नेपाली कामदारको हकहित तथा सुरक्षाका साथै पारस्परिक चासोका विविध विषयमा विचारविमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । कोरियाली विदेश मन्त्रालयमा आज भएको उक्त बैठकमा नेपाल–कोरिया सम्बन्धका समग्र पक्षको समीक्षा गरिएको थियो भने उच्चस्तरीय भ्रमण आदानप्रदान, पर्यटन, व्यापार, लगानी, नागरिक उड्डयन, मानव संशाधन विकासबारे छलफल भएको उक्त मन्त्रालयले जनाएको छ ।
बैठकमा नेपाली पक्षको प्रतिनिधित्व परराष्ट्र मन्त्रालयका सहसचिव गणेश ढकाल र कोरियाको नेतृत्व त्यहाँको विदेश मन्त्रालयमा दक्षिण एशिया तथा प्रशान्त विभागका महानिर्देशक किम युन योङले गर्नुभएको थियो । नेपाल र गणतन्त्र कोरियाबीच सन् २००१ मा परामर्श संयन्त्र गठन भएको थियोे ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













रसुवामा मोटरसाइकल दुर्घटना, दुई जना गम्भीर घाइते
बझाङ केन्द्रबिन्दु भएर भूकम्प
आज तिहारको मुख्य दिन भाइटीका : टीकाको उत्तम साइत बिहान ११ः३९ बजे
बागमती सरकारले तीन महिनामा ७ अर्ब ६४ करोड राजस्व सङ्कलन
छैटौँ देउराली अर्चले कपकाे उपाधी न्यु भिजनले उचाल्यो





प्रतिक्रिया