बत्तिबालेर कांग्रेस खाेज्नुपर्छ भन्ने प्रचण्डलाई नेविसंघ अध्यक्ष मिश्रले गरे प्रतिप्रश्न

नुवाकोट । कम्युनिस्ट सरकारले गरेको प्रतिनिसभाको बिगठन लगायत अलोकतान्त्रिक कदम विरुद्ध नेपाली कांग्रेस नुवाकोेटले विभिन्न स्थानमा विरोध प्रर्दशन गरेको छ ।
यसै क्रममा नुवाकोट क्षेत्र नं १ को आयोजनामा लिखु ४ चौघडामा आयोजना गरेको बिरोध सभामा नेविसंघ नुवाकोट १ को क्षेत्रीय अध्यक्ष एंवम नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि कृष्ण मिश्रले आफ्नो भनाई राख्ने क्रममा केही दिन अगाडि नेकपाका केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब कांग्रेसलाई बत्ती बालेर खोज्नुपर्छ भनेर भनेको भनाई प्रति इंगित गर्दै नेता मिश्रले नेकपा अध्यक्ष प्रचण्डलाई सो कार्यक्रम मार्फत प्रतिप्रश्न गर्दै बत्ति बालेर खोज्नुपर्ने कांग्रेसको केन्द्रीय कार्यलयमा शरण लिन जादा कत्रो बत्ति बालेर जानुभयो भनेर कार्यक्रम मार्फत खुल्ला प्रश्न गर्नुभएको थियो ।
पुर्वमन्त्री एंवम नेपाली कांग्रेसका प्रभावशालि नेता डा रामशरण महतको प्रमखु आतिथ्यामा भएको उक्त कार्यक्रममा नेपाली कांग्रेस नुवाकोटका जिल्ला सभापति एंव संविधान सभाका सदस्य जगदिश्वरनरसिंह के.सि, नेविसंघ पुर्व अध्यक्ष एंव संविधानसभाका सदस्य रन्जित कर्ण, नेपाली कांग्रेसका युवा नेता एंव महासमिति सदस्य रमेशकुमार महत लगायत स्थानीय निकाएका जनप्रतिहरु लगायत धेरै नेता कार्यकर्ताहरुले संबोधन गर्नुभएको थियो । कार्यक्रममा झण्डै २५०० भन्दा बढीको े उपस्थिति रहेको उक्त कार्यक्रममा सयौंको संख्यामा विभिन्न पाटि परित्याग गरि नेपाली कांग्रेस प्रबेश गरेको नेता मिश्रले बिदुर खवरलाई जानकारी दिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया