नेकपाको केन्द्रिय सदस्यमा नुवाकोटका पाण्डे र ढुङ्गाना मनोनित

विदुर खबर २०७७ पुष ८ गते ९:३३

नुवाकोट । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रिय समितिमा बाग्मति प्रदेशसभाका मुख्य सचेतक तथा नुवाकोटका नेता केशव पाण्डे र महिला नेतृ विन्दा ढुङ्गाना मनोनित भएका छन् ।

Advertisement

मंगलवार प्रधानमन्त्रि तथा नेकपाका अध्यक्ष के.पी शर्मा ओलीले उनीहरुलाई पार्टीको केन्द्रिय सदस्यमा मनोनित गरेका हुन् । मंगलवारदेखि नेकपा दुई धुव्रमा विभाजित भएसँगै प्रधानमन्त्रि ओलीले आफु पक्षका नेता तथा कार्यकर्ताको बैठक बोलाएर एकैपटक ५ सय ९९ जनालाई केन्द्रिय कमिटिमा मनोनित गरेको नेकपा ओली समुहका प्रवत्ता प्रदिप ज्ञवालीले जानकारी दिए ।

यससँगै नुवाकोटमा पनि नेकपाको गुट दुई पक्षमा प्रष्ट रुपमा देखिएको छ । नेकपा नुवाकोटमा प्रचण्ड–माधव समुहको नेतृत्व हितवहादुर तामाङ र ओली समुहको नेतृत्व केशव पाण्डेले गर्ने भएका छन् । यससँगै नुवाकोटमा नेकपाको समिकरण रोचक बन्ने भएका छन् ।
नुवाकोटमा नेकपाको खेमा स्पष्ट दुई समुहमा नदेखिएता पनि दुबै समुहहरु आफु आधिकारी रहेको भन्दै लबिङमा उत्रिएका छन् । विशेष गरि

Advertisement

नुवाकोटमा प्रचण्ड–माधव नेपाल समुहका नेता तथा कार्यकर्ताहरुले आफ्नो सक्रियता बढाएका छन् । उनीहरुले ओलीले असंवैधानिक रुपमा संसद विघठन गरेको भन्दै यसअघि प्रर्दशन समेत गरिसकेका छन् । तर नुवाकोटको अंकगणित हेर्दा नुवाकोटमा प्रचण्ड–माधव समुहको पकड देखिएको छ ।

प्रतिक्रिया