नुवाकोटमा आज २५ जना कोरोना संक्रमित निको भएर घर फर्किए

नुवाकोट । नुवाकोटमा आज २५ जना कोरोना संक्रमित कोरोनामुत्त भएर घर फर्किएका छन् ।
स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा २५ जना कोरोना संक्रमित कोरोनामुत्त भएर घर फर्किएसँगै जिल्लामा कोरोनामुत्त भएर घर फर्कनेको संख्या ५ सय ५६ पुगेको हो । यस्तै पछिल्लो २४ घण्टामा जिल्लामा १३ जना कोरोना संक्रमित थपिएको कार्यालयका सुचना अधिकारी उत्तमराज खनालले जानकारी दिए ।
खनालका अनुसार पछिल्लो २४ घण्टामा जिल्लाका ७९ जनाको पिसिआर परिक्षण गर्दा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै नुवाकोटमा कोरोना संक्रमितको संख्या ९ सय ७८ पुगेको छ ।
यस्तै जिल्लमा सक्रिय कोरोना संक्रमितको संख्या २ सय ११ पुगेको छ । सक्रिय कोरोना संक्रमितमध्ये २ सय ९ जना होम आइसोलेसनमा र २ जना अस्पतालमा उपचाररत रहेको सुचना अधिकारी खनालले बताए ।
हालसम्म नुवाकोटका ८ हजार ९ सय ७२ जनाको पिसिआर परिक्षण गरिएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।
प्रतिक्रिया