आशा लघुवित्तको लाभांश राष्ट्र बैंकबाट स्वीकृत

विदुर खबर २०७७ पुष ३ गते १६:१६

नुवाकोट । आशा लघुवित्त वित्तीय संस्थाको प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएको छ । लघुवित्तको लाभांशलाई राष्ट्र बैंकले पुस २ गते स्वीकृति दिएको हो ।

Advertisement

लघुवित्तले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । लघुवित्तले ३ करोड ४८ लाख ४३ हजार २०० रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि १८ लाख ३३ हजार ८५३ रुपैयाँ नगद गरि कुल ३ करोड ६६ लाख ७७ हजार ५३ रुपैयाँ बराबरको लाभांश वितरण गर्नेछ ।

हाल २३ करोड २२ लाख ८८ हजार रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको बोनशपश्चात चुक्ता पुँजी २६ करोड ७१ लख ३१ हजार २०० रुपैयाँ पुग्नेछ । उक्त लाभांश अब लघुवित्तको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीले प्राप्त गर्नेछन्।

Advertisement

प्रतिक्रिया