Logo
गृहपृष्ठ
    • समाचार
    • आर्थिक
    • अन्तरास्ट्रिय
    • खेलकुद
    • राजनीतिक
    • नुवाकोट समाचार
    • मनोरञ्जन
      • विचार
    • स्वास्थ्य/जीवनशैली

सलबलाए राजावादी : राजाको पक्षमा शक्ति प्रदर्शन हुँदै

प्रकाशित मिती: १६ मंसिर २०७७, मंगलवार ०९:०६

नुवाकोट । सरकार र व्यवस्थाको विरोधमा सडकमा नाराबाजी लाग्ने क्रम बढ्दो अवस्थामा छ ।गणतन्त्रविरुद्ध अहिले सडकमा कडा नारा घन्कन थालेका छन् । ‘राजा आऊ देश बचाऊ’ भन्ने नारा सडकभरि लाग्न थालेको केही समययता दलीय राजनीतिप्रति वितृष्णा पैदा गर्ने क्रम तीव्ररुपमा हुन थालेको छ । सोमबार सक्रिय राजतन्त्रको माग गर्दै माइतीघर मण्डलामा राजावादीहरुले प्रदर्शन गरेका छन् । राष्ट्रिय शक्ति नेपालले आयोजना गरेको ¥यालीमा सयौंको उपस्थिति रहेको थियो ।

Trishuli Web Design in Nepal Nuwakot
Acharya Engineering Consultancy & Business Training Centre Nuwakot
Pioneer Education Consultancy And Visa Service Pvt. Ltd.

राजतन्त्र र हिन्दूराज्यको माग गर्दै आयोजना गरिएको प्रदर्शनमा उपत्यका र वरपरका जिल्लाका युवाहरु सहभागी थिए । संघीयता खारेजीको माग गर्दै राष्ट्रिय झण्डा बोकेर प्रदर्शनमा उत्रिएका राजावादीले ‘राजा आऊ, देश बचाऊ’, ‘हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ’ लगायतका नारा लगाएका थिए । राष्ट्रिय झण्डा र पृथ्वीनारायण शाहको तस्वीर अंकित ब्यानरसहित मण्डलामा भेला भएका अधिकांशले धर्मनिरपेक्षताका विरुद्ध नाराबाजी गरेका थिए । विभिन्न स्थानमा भेला भएर महाइतीघर आएका उनीहरुले प्रदर्शनलाई निरन्तरता दिने उद्घोष गरेका छन् ।

दुई तिहाइको नेकपाको सरकारबीच द्वन्द्व चलेको फाइदा उठाउँदै राजावादीको नाममा प्रदर्शन गर्न थालेपछि सरकारमाथि दबाब बढेको छ । ललितपुरको पुल्चोकमा भेला भएका राजवादीले सरकारविरुद्ध नाराबाजी गरेका थिए । सरकारको कडा सुरक्षा घेराभित्र रहेको मण्डलामा प्रदर्शन हुँदा राजधानीको सवारी केहीबेर अस्तव्यस्त भएको थियो । प्रहरीले भित्री सडक र करिडोर प्रयोग गरेर यात्रा गर्न अनुरोध गरेको थियो ।

मंसिर २० गते गर्ने बृहत् प्रदर्शनीको तयारी स्वरुप यो प्रदर्शन गरिएको राजावादीहरुले दाबी गरेका छन् । पछिल्लो समय देशका प्रमुख शहरमा राजावादीले प्रदर्शन गरिसकेका छन् । यसअघि रौतहट, नेपालगन्ज, बर्दिया, धनगढी, पोखरा, हेटौंडा, बुटवललगायत दुई दर्जनभन्दा बढी ठूला शहरमा प्रदर्शन गरिसकेका छन् । लामो समय चुप लागेर बसेका पूर्वराजा ज्ञानेन्द्रलाई उकास्न राजावादीको नाममा विभिन्न संगठनले प्रदर्शन गरिरहेको सरकारको अड्कल छ । सरकारले २० गते हुने प्रदर्शनलाई रोक्न विभिन्न सुरक्षा योजना बनाइरहेको छ । राजावादीले देशभरबाट समर्थक उचालेर आन्दोलन चर्काउने तयारी गरेको सरकारले आकलन गरेको छ ।

सोमबारको प्रदर्शनमा राजावादीबाहेकका विभिन्न भ्रातृ संगठनका युवाहरुको उपस्थिति रहेको थियो । नेकपाका दुई अध्यक्षबीच द्वन्द्व भइरहेका बेला त्यसको फाइदा उठाउँदै राजावादीको नाममा आन्दोलन चर्काउन खोजिएको आकलन गरिएको छ ।

शेयर गर्नुहोस् >>

तपाइको प्रतिक्रिया

संबन्धित शीर्षकहरु

नुवाकोटमा कोरोना भाइरसविरुद्धको खोप अभियान शुरु
नुवाकोटमा कोरोना संक्रमितको संख्या ११ सय २७ पुग्यो
नुवाकोटको बुद्धभूमी हाइड्रोपावर आईपिओ निष्काशन माग गर्दै धितोपत्र बोर्डमा
नुवाकोटमा आजदेखि कोरोना विरुद्धको खोप लगाइने
आजदेखि देशभर कोरोनाविरुद्ध खोप अभियान शुरु
बालुवाको ठेक्कामा अनियमितता भएको भन्दै उजुरी
नुवाकोटमा प्रचण्ड-नेपाल समुहको महिला संघको भेला सकियो
नुवाकोटमा कृषि उद्यमी व्यवसायी र र्बैकवीच व्यवसाय प्रर्वद्धन गर्ने सहमति
kerung

ताजा अपडेट

इन्फ्रास्ट्रक्चर बैंकको आइपीओ बाँडफाँट शुक्रबार १० बजे

नुवाकोट । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आइपीओ बाँडफाँट शुक्रबार हुने भएको छ । बिक्री प्रबन्धक एनआइबीएल...

नुवाकोटमा कोरोना भाइरसविरुद्धको खोप अभियान शुरु

नुवाकोट । नुवाकोटमा कोरोनाविरुद्धको खोप अभियान सुरु भएको छ । जिल्ल अस्पताल त्रिशुलीमा भएको...

  • नुवाकोटमा कोरोना संक्रमितको संख्या ११ सय २७ पुग्यो
  • नुवाकोटको बुद्धभूमी हाइड्रोपावर आईपिओ निष्काशन माग गर्दै धितोपत्र बोर्डमा
  • पीएम कप क्रिकेट : फाइनल पुग्न एपीएफ र पुलिस भिड्दै,एपीएफ ब्याटिङमा
  • कक्षा १२ को नतिजा प्रकाशनमा ढिलाइ,नतिजा आउन अझै दुई साता लाग्ने
  • इन्फ्रास्ट्रक्चर बैंकको आइपीओ बाँडफाँट शुक्रबार १० बजे
  • नुवाकोटमा कोरोना भाइरसविरुद्धको खोप अभियान शुरु
  • नुवाकोटमा कोरोना संक्रमितको संख्या ११ सय २७ पुग्यो
  • नुवाकोटको बुद्धभूमी हाइड्रोपावर आईपिओ निष्काशन माग गर्दै धितोपत्र बोर्डमा
  • पीएम कप क्रिकेट : फाइनल पुग्न एपीएफ र पुलिस भिड्दै,एपीएफ ब्याटिङमा
प्रकाशक\सम्पादक : शालिकराम चालिसे     संवाददाता : नवराज चालिसे, संगिता लामिछाने     गेर्खु मिडिया प्रा.लि विदुर ११ नुवाकोट    
© Bidurkhabar.com 2018 | All rights reserved
Website By : ssec
फोन: ९८४९८२०९१६ ईमेल : [email protected]