नुवाकोट । सरकार र व्यवस्थाको विरोधमा सडकमा नाराबाजी लाग्ने क्रम बढ्दो अवस्थामा छ ।गणतन्त्रविरुद्ध अहिले सडकमा कडा नारा घन्कन थालेका छन् । ‘राजा आऊ देश बचाऊ’ भन्ने नारा सडकभरि लाग्न थालेको केही समययता दलीय राजनीतिप्रति वितृष्णा पैदा गर्ने क्रम तीव्ररुपमा हुन थालेको छ । सोमबार सक्रिय राजतन्त्रको माग गर्दै माइतीघर मण्डलामा राजावादीहरुले प्रदर्शन गरेका छन् । राष्ट्रिय शक्ति नेपालले आयोजना गरेको ¥यालीमा सयौंको उपस्थिति रहेको थियो ।
राजतन्त्र र हिन्दूराज्यको माग गर्दै आयोजना गरिएको प्रदर्शनमा उपत्यका र वरपरका जिल्लाका युवाहरु सहभागी थिए । संघीयता खारेजीको माग गर्दै राष्ट्रिय झण्डा बोकेर प्रदर्शनमा उत्रिएका राजावादीले ‘राजा आऊ, देश बचाऊ’, ‘हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ’ लगायतका नारा लगाएका थिए । राष्ट्रिय झण्डा र पृथ्वीनारायण शाहको तस्वीर अंकित ब्यानरसहित मण्डलामा भेला भएका अधिकांशले धर्मनिरपेक्षताका विरुद्ध नाराबाजी गरेका थिए । विभिन्न स्थानमा भेला भएर महाइतीघर आएका उनीहरुले प्रदर्शनलाई निरन्तरता दिने उद्घोष गरेका छन् ।
दुई तिहाइको नेकपाको सरकारबीच द्वन्द्व चलेको फाइदा उठाउँदै राजावादीको नाममा प्रदर्शन गर्न थालेपछि सरकारमाथि दबाब बढेको छ । ललितपुरको पुल्चोकमा भेला भएका राजवादीले सरकारविरुद्ध नाराबाजी गरेका थिए । सरकारको कडा सुरक्षा घेराभित्र रहेको मण्डलामा प्रदर्शन हुँदा राजधानीको सवारी केहीबेर अस्तव्यस्त भएको थियो । प्रहरीले भित्री सडक र करिडोर प्रयोग गरेर यात्रा गर्न अनुरोध गरेको थियो ।
मंसिर २० गते गर्ने बृहत् प्रदर्शनीको तयारी स्वरुप यो प्रदर्शन गरिएको राजावादीहरुले दाबी गरेका छन् । पछिल्लो समय देशका प्रमुख शहरमा राजावादीले प्रदर्शन गरिसकेका छन् । यसअघि रौतहट, नेपालगन्ज, बर्दिया, धनगढी, पोखरा, हेटौंडा, बुटवललगायत दुई दर्जनभन्दा बढी ठूला शहरमा प्रदर्शन गरिसकेका छन् । लामो समय चुप लागेर बसेका पूर्वराजा ज्ञानेन्द्रलाई उकास्न राजावादीको नाममा विभिन्न संगठनले प्रदर्शन गरिरहेको सरकारको अड्कल छ । सरकारले २० गते हुने प्रदर्शनलाई रोक्न विभिन्न सुरक्षा योजना बनाइरहेको छ । राजावादीले देशभरबाट समर्थक उचालेर आन्दोलन चर्काउने तयारी गरेको सरकारले आकलन गरेको छ ।
सोमबारको प्रदर्शनमा राजावादीबाहेकका विभिन्न भ्रातृ संगठनका युवाहरुको उपस्थिति रहेको थियो । नेकपाका दुई अध्यक्षबीच द्वन्द्व भइरहेका बेला त्यसको फाइदा उठाउँदै राजावादीको नाममा आन्दोलन चर्काउन खोजिएको आकलन गरिएको छ ।














ब्रह्मकुमारीको रक्तदानमा ४९ युनिट रगत सङ्कलन
धादिङको तरकारी कतारमा पुग्न थाल्याे
चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना
बेलकोटगढीमा ‘सातौँ देउराली कप’ फुटबल प्रतियोगिता हुने
विदुर नगरपालिकाद्वारा त्रिशूली अस्पताललाई १०० थान ‘न्यानो झोला’ हस्तान्तरण





प्रतिक्रिया