नुवाकाटे क्षेत्र नं २ मा ८ जनाकाे जमानत जफत
नुवाकाेट । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा नुवाकाेट क्षेत्र नम्बर २ मा ८ जनाकाे जमानत जफत भएकाे छ ।

नुवाकोट क्षेत्र नं. २ बाट निर्वाचनमा लडेका १२ मध्ये ८ जना उम्मेदवारको जमानत जफत भएको निर्वाचन कार्यालयले जनाएकाे छ । प्रतिनिधिसभा निर्वाचन निर्देशिका २०८२ को परिच्छेद १० बमोजिम सदर मतको १० प्रतिशत मत प्राप्त नगर्ने ८ जना उम्मेदवारको जमानत जफत भएको हो ।
नुवाकोट क्षेत्र नं. २ मा खसेको कुल ७० हजार चारसय ५२ मतमध्ये ६७ हजार ९० मत सदर भएको थियो । जमानत जोगाउन सदर मतको १० प्रतिशत प्राप्त गर्नुपर्ने प्रावधान अनुसार जमानत जफत नहुन कुनैपनि उम्मेद्वारले ६ हजार सात सय ९४ मत प्राप्त गर्नुपर्ने थियाे । तर ८ जना उम्मेद्दवारले साे मत कटाउन नकसेपछि जमानत जफत भएकाे हाे ।
जमानत जफत हुनेमा उज्यालो नेपाल पार्टीका ज्ञानेन्द्र घले (२७५०), राष्ट्रिय प्रजातन्त्र पार्टीका झनकवहादुर प्याकुरेल (७७५), श्रम संस्कृति पार्टीका विनोदकुमार तामाङ (३१६),नेकपा माओवादीका नवराज ढुंगाना (९०), नेकपा संयुक्तका किरण तिमिल्सिना (५२),नेककिपाका सुवास भट्ट (२८) र आम जनता पार्टीका मानसिंह गदाइली (११) रहेका छन् ।
नुवाकाेट क्षेत्र नम्बर २ मा रास्वपाका डा. अचुतम लामिछानेले ३२ हजार ५४ मत ल्याएर विजयी भएका थिए भने उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार जगदीश्वरनरसिंह केसीले १५ हजार पांचसय ३, नेकपा एमालेका केशवराज पाण्डेले ८ हजार दुईसय ८५, नेपाली कम्युनिस्ट पार्टीका हिरानाथ खतिवडाले ६ हजार सातसय २० मत पाएका थिए । उनीहरूकाे जमानत भने फिर्ता भएकाे छ ।

नुवाकोट क्षेत्र नम्बर २ मा एकलाख २३ हजार ९ सय ३९ मतदाता रहेका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नुवाकाटे क्षेत्र नं २ मा ८ जनाकाे जमानत जफत
डा. लामिछानेको चुनाव खर्च १६ लाख ९ हजार
रसुवामा नौ जनाको धरौटी जफत
नुवाकोट-१ मा रास्वपाका तिमिल्सिना निर्वाचित
गगन थापा पराजित, अमरेश निर्वाचित





प्रतिक्रिया