सरस्वती आधारभुत विद्यालयमा विज्ञान प्रयोशाला
नुवाकोट । नुवाकोटको तारकेश्वर गाउँपालिका वडा नमबर ४ नेवारपानीमा रहेको सरस्वती आधारभूत विद्यालयमा विज्ञान प्रयोगशालाको उद्घाटन गरिएको छ ।

बिहिबार गाउँपालिकाका अध्यक्ष शिव अधिकारीले विद्यालयको विज्ञान प्रयोगशालाको उद्घाटन गरेका हुन् । विज्ञान प्रयोगशालाको उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष अधिकारीले ३ लाख ५० हजार रुपैयाँको विज्ञान प्रयोगशालाका सामग्रीहरू (कम्पाउन्ड माइक्रोस्कोप, पर्मानेन्ट स्लाइड्स, बायोलोजिकल स्पेसिमेन्स, केमिकल्स, स्केलेटन्स, चाट्र्स आदि) हस्तान्तरण गरेका हुन् ।
यसअघि, सो विद्यालयमा आइसिटी ल्याब स्थापना गरी ६ लाख ५० हजार रुपैयाँको आइसिटी प्रविधि हस्तान्तरण गरिएको थियो ।
अध्यक्ष अधिकारीले परम्परागत घोकन्ते शिक्षामा भर नपरी समय सापेक्ष विज्ञान र प्रविधिलाई आत्मसात् गर्दै प्रयोगात्मक र प्रविधिमैत्री शिक्षालाई बढावा दिनुपर्ने बताउँदै आएका छन् ।
उनले सोही अनुरूप विद्यालयहरूको प्राविधिक क्षमता अभिवृद्धिका लागि गाउँपालिकाको तर्फबाट सहयोग उपलब्ध गराउँदै आएका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












देशभर बादल, धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना
रसुवागढी भन्सारले ९ महिनामा ६ अर्ब ४२ करोड राजस्व सङ्कलन गर्याे
कांग्रेस संसदीय दलको नेता आङ्देम्बेलाई बनाउने निर्णय
नुवाकोटमा स्क्यान सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न
कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित





प्रतिक्रिया