डा. लामिछानेको चुनाव खर्च १६ लाख ९ हजार
नुवाकोट । राष्ट्रिय स्वतन्त्र पार्टीका बाग्मति प्रदेश उपसभापति तथा नुवाकोट क्षेत्र नम्बर २ बाट निर्वाचित उम्मेदवार डा. अच्युतम लामिछानेले आफ्नो निर्वाचन खर्च पेश गरेका छन् ।

जिल्ला निर्वाचन कार्यालय नुवाकोटमा पेश गरेको उनको निर्वाचन खर्च १६ लाख ९ हजार नौ सय ३० रुपैयाँ रहेको छ । उनले खर्चको शीर्षकसहित पेश गरेका छन् । जसमा मनोनयन दर्ताको लागि १० हजार, मतदाता नामावली खरिद तथा प्रिन्टको लागि एकलाख २९ हजार, यातायात तथा इन्धन खर्च दुई लाख ४५ हजार रहेको छ ।
त्यस्तै प्रचारप्रसारको लागि ५ लाख ३२ हजार रुपैयाँ, गोष्ठी तथा अन्र्तक्रियाको लागि २ लाख ३५ हजार ३० रुपैयाँ र कार्यालय संचालन खर्च एकलाख ६९ हजार ४ सय रुपैयाँ रहेको छ ।
त्यस्तै प्रतिनिधि तथा स्वयमसेवक परिचालन र घरदैलौमा २ लाख १५ हजार रुपैयाँ खर्च भएको छ ।
त्यस्तै उनले विविध खर्चमा ७४ हजार ५ सय रुपैयाँ खर्च भएको विवरण पेश गरेका छन् ।

- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












देशका धेरै जिल्लामा ‘लु’ को चेतावनी, गर्मी अझै बढ्ने
प्रदेशस्तरीय चुनावी समीक्षा गर्दै राप्रपा
इन्धन खर्च दोब्बर : सरकारको बिदा नीति असफलतिर
गृहमन्त्रीले राजीनामा दिँदा राम्रो हुन्छ : हर्क साम्पाङ
नुवाकोटको छहरेबाट लागुऔषधसहित ५ जना पक्राउ





प्रतिक्रिया