विदुर नगरपालिकामा कोरोना संक्रमितको संख्या ४ सय ७८ पुग्यो

विदुर खबर २०७७ मंसिर १२ गते १६:३२

नुवाकोट । नुवाकोटको विदुर नगरपालिकामा कोरोना संक्रमितको संख्या ४ सय ७८ पुगेको छ ।

Advertisement

स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार विदुर नगरपालिकाका एकहजार ९ सय ६१ जनामा गरिएको पिसिआर परिक्षणमा ४ सय ७८ जनाको रिर्पाेट पोजेटिभ देखिएको हो । कार्यालयका सुचना अधिकारी उत्तमराज खनालका अनुसार पछिल्लो २४ घण्टामा नगरपालिकाका ४ पुरुष र २ जनाा महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै पछिल्लो् २४ घण्टामा नुवाकोटमा २२ जना कोरोना संक्रमित भेटिएको कार्यालयका सुचना अधिकारी खनालले जानकारी दिए । यस्तै जिल्लामा सक्रिय कोरोना संक्रमितको २ सय २४ पुगेको छ । संक्रमितमध्ये २ सय ३८ जना होम आइसोलेसनमा, ५ जना अस्पतालमा र एकजना आइसोलेसन सेन्टरमा रहेका छन् ।

Advertisement

यस्तै पछिल्लो २४ घण्टामा २ जना कोरोना संक्रमित निको भएर घर फर्किएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । यससँगै नुवाकोटमा कोरोना मुत्त भएर घर फर्कनेको संख्या ५ सय ६७ पुगेको छ ।

हालसम्म नुवाकोटका ७ हजार ५ सय ११ जनाको पिसिआर परिक्षण हुँदा ६ हजार ६ सय ९९ जनाको रिर्पाेट नेगेटिभ आएको छ । कोरोनाको कारण नुवाकोटमा अहिलेसम्म एक महिलाको ज्यान गएको छ ।

Advertisement

प्रतिक्रिया