विदुर नगरपालिकामा कोरोना संक्रमितको संख्या ४ सय ७८ पुग्यो
नुवाकोट । नुवाकोटको विदुर नगरपालिकामा कोरोना संक्रमितको संख्या ४ सय ७८ पुगेको छ ।
स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार विदुर नगरपालिकाका एकहजार ९ सय ६१ जनामा गरिएको पिसिआर परिक्षणमा ४ सय ७८ जनाको रिर्पाेट पोजेटिभ देखिएको हो । कार्यालयका सुचना अधिकारी उत्तमराज खनालका अनुसार पछिल्लो २४ घण्टामा नगरपालिकाका ४ पुरुष र २ जनाा महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै पछिल्लो् २४ घण्टामा नुवाकोटमा २२ जना कोरोना संक्रमित भेटिएको कार्यालयका सुचना अधिकारी खनालले जानकारी दिए । यस्तै जिल्लामा सक्रिय कोरोना संक्रमितको २ सय २४ पुगेको छ । संक्रमितमध्ये २ सय ३८ जना होम आइसोलेसनमा, ५ जना अस्पतालमा र एकजना आइसोलेसन सेन्टरमा रहेका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा २ जना कोरोना संक्रमित निको भएर घर फर्किएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । यससँगै नुवाकोटमा कोरोना मुत्त भएर घर फर्कनेको संख्या ५ सय ६७ पुगेको छ ।
हालसम्म नुवाकोटका ७ हजार ५ सय ११ जनाको पिसिआर परिक्षण हुँदा ६ हजार ६ सय ९९ जनाको रिर्पाेट नेगेटिभ आएको छ । कोरोनाको कारण नुवाकोटमा अहिलेसम्म एक महिलाको ज्यान गएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














ब्रह्मकुमारीको रक्तदानमा ४९ युनिट रगत सङ्कलन
धादिङको तरकारी कतारमा पुग्न थाल्याे
चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना
बेलकोटगढीमा ‘सातौँ देउराली कप’ फुटबल प्रतियोगिता हुने
विदुर नगरपालिकाद्वारा त्रिशूली अस्पताललाई १०० थान ‘न्यानो झोला’ हस्तान्तरण





प्रतिक्रिया