दुई सिईयोको कारण नेप्सेमा बबाल, कसले गर्लान गोल ?
नुवाकोट÷ दुई सिईयोको कारण नेपाल स्टक एक्सचेन्जमा बवाल भएको छ । को आधिकारी र को हैन भन्ने तिव्र विवा हुँदा नेप्सेमा कसले बाजी मारेर गोल गर्लान भन्ने कौतुहलता बढेको छ ।
सेयर बजार निरन्तर गिरावट आइरहेको समयमा नेपाल स्टक एक्सचेन्जको प्रमुख कार्यकारी अधिकृत पदका विषयमा विवाद सुरु भएको छ । सर्वोच्च अदालतबाट अन्तरिम आदेश पाएका नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदलाई अध्यक्ष लक्ष्मण न्यौपानेले हाजिर गर्न नदिएपछि विवाद बढेको हो ।
रमेश अर्याल कि चन्द्रसिंह साउद अब कसले गर्लान गोल ?
गत असार २० गते बसेको मन्त्रिपरिषद्को बैठकले २०७४ भदौ १४ पछि भएका सबै राजनीति नियुक्ति बदर गर्ने निर्णय गरेसँगै नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदको नियुक्तिलाई पनि सरकारले बदर गरेको थियो । सरकारले साउदको नियुक्तिलाई खारेज गरेसँगै अर्थमन्त्रालयले रमेश अर्याललाई अर्को निर्णय नभएसम्मका लागि असार २५ मा नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको थियो ।
तर, ०७४ असोज २४ मा नियुक्ति पाएका साउदले सर्वोच्च रिट दिएका थिए । सर्वोच्चको अन्तरिम आदेश पाएपछि उनी बुधबार कार्यालय पुगेका थिए । तर, कार्याकक्षमा सरकारले भर्खरै नियुक्ति गरेका सिइओ अर्याल थिए । नेप्सेका अध्यक्ष न्यौपानेले आफूलाई हाजिर गर्न नदिएको प्रमुख कार्यकारी अधिकृत साउदले बताए ।
‘मैले हस्ताक्षर गर्न खोज्दा अध्यक्षले मन्त्रालयको आदेश छैन भने । त्यसो भए भोलि आदेश लिएर आउनुहोस् अनि म जसैगरी पनि हाजिर गर्छु भनेर फर्किए,’ उनले भने । सर्वोच्चले साउदलाई अन्तरिम आदेश दिएर पुनर्बहाली गरे पनि औपचारिक रूपमा मन्त्रालयबाट पत्र नआएकाले यस्तो समस्या सिर्जना भएको एक लगानीकर्ताले बताए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया