नेपालमा कोरोना सङ्क्रमितको संख्या एक लाख ९० हजार नाघ्याे
विदुर खबर
२०७७ कार्तिक २२ गते २०:०७

नुवाकोट । नेपालमा कोरोना सङ्क्रमितको संख्या एक लाख ९० हजार नाघेको छ ।
गएको २४ घण्टामा दुई हजार सात सय ५३ जनामा कोरोना पुष्टि भएसँगै सङ्क्रमितको संख्या एक लाख ९१ हजार छ सय ३६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै गएको २४ घण्टामा दुई हजार दुई सय छ जना कोरोना सङ्क्रमित निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको संख्या एक लाख ५५ हजार एक सय १४ पुगेको छ । अब नेपालमा ३५ हजार चार सय ३५ जना सक्रिय सङ्क्रमित रहेका छन् ।
यस्तै गएको २४ घण्टामा १७ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या एक हजार ८७ पुगेको छ ।
सम्बन्धित
प्रतिक्रिया