२४ घण्टामा देशभर कहाँ कति कोरोना संक्रमित भेटिए ?
नुवाकोट । नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ९१ हजार ६ सय ३६ पुगेको छ। गत २४ घण्टामा मात्र २ हजार ७ सय ५३ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
प्रदेश १ को इलाममा ४, उदयपुरमा १९, ओखलढुंगामा १, खोटाङमा १८, झापामा ५८, ताप्लेज्ङमा १, तेह्रथुममा ३, धनकुटामा ४, भोजपुरमा ३, मोरङमा २ सय ४५, संखुवासभामा ३,सुनसरीमा १३३ र सोलुखुम्बुमा २ जनामा कोरोना भेटिएको छ।
प्रदेश २ को धुनषामा १०, पर्सामा ५, बारामा १९, महोत्तरीमा ४, रौतहटमा ५, सप्तरीमा १०, र सिरहामा १४ जनामा कोरोना पाइएको छ।
बागमती प्रदेशको काठमाडौंमा मात्र १ हजार २ सय ९४ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा ७३, चितवनमा १०, दोलखामा ४, धादिङमा ७, नुवाकोटमा ३७, भक्तपुरमा ७७, मकवानपुरमा ३३, रसुवा ४, रामेछापमा ४, ललितपुरमा १ सय ४१, सुन्धुपाल्चोकमा १२ र सिन्धुलीमा ३ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।
गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा ८२, गोरखामा १५, तनहुँमा ४, नवलपरासी पूर्वमा ४, पर्वतमा १, म्याग्दीमा १, लमजुङमा १०, बाग्लुङमा ११ र स्याङजामा ९ जनामा कोरोना पुष्टि भएको छ। लुम्बिनी प्रदेशको अर्घाखाँचीमा २, कपिलवस्तुमा २१, गुल्मीमा ४, दाङमा १०, नलवपरासीमा १२, पाल्पामा २४, प्यूठानमा ३, बर्दियामा १९, बाँकेमा २२ रुपन्देहीमा ८५ र रोल्पामा १६ जनामा कोरोना पाइएको छ।
यस्तै, कर्णाली प्रदेशको कालिकोटमा १ , जुम्लामा १२, डोल्पामा २, दैलेखमा ५, मुगुमा ३, र सुर्खेतमा १, र हुम्लामा १ जनामा कोरोना पुष्टि भएको छ। सुदूरपश्चिमको अछाममा १, कञ्चनपुरमा १९, कैलालीमा ७७, डोटीमा १, बझाङमा ५ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया