मनाङ प्रवेश गर्न ७२ घण्टाको पिसिआर रिपोर्ट अनिवार्य
नुवाकोट । हिमाली जिल्ला मनाङमा कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गदै जिल्ला प्रवेशमा कडाई गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय मनाङले जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिन नदिन ७२ घण्टाको पिसिआर रिपोर्ट अनिवार्य गरेको हो । मनाङका प्रमुख जिल्ला अधिकारी धुर्व गिरीका अनुसार स्थानीय ,राष्टसेवक कर्मचारी र विशेष काम बाहेक घुम्न आउने आन्तरिक पर्यटकलाई ७२ घण्टाको पिसिआर रिपोर्ट अनिवार्य गरिएको छ ।
प्रजिअ गिरिले भने ‘मनाङमा चिसो बढेकाले विज्ञले चिसो मौसममा कोरोनाको संक्रमणदर बढ्ने भनेकाले कोरोना संक्रमण फैलिन नदिन कडाई गरिएको हो ।’ मनाङ प्रवेश गर्ने नासोँ, ताल, धारापानी, कोतो लगायतमा प्रहरी परिचालन गरिएको छ ।
प्रहरीले पिसिआर रिपोर्ट नभएका आन्तरिक पर्यटकलाई ताल र धारापानीबाट फिर्ता गरेको मनाङका प्रहरी प्रमुख डिएसपी मेखबहादुर कुवंर बताउँछन् । उनका अनुसार केही दिनयता ताल र धारापानीबाट पिसिआर रिपोर्ट नभएका आन्तरिक पर्यटकलाई सम्झाईबुझाई फर्काउने गरिएको छ । जिल्लाका विभिन्न पर्यटकीय क्षेत्रको अवलोकनका लागि आन्तरिक पर्यटक कोरोना परीक्षण रिपोर्टविना नै आएकाले त्यस्ता पर्यटकलाई जिल्ला प्रवेशमा रोक लगाइएको डिएसपी कुवंरको भनाई छ ।
केही समय अघि कोरोनाका कारण मनाङ पुग्न नसकेका पर्यटक ७२ घण्टाको पिसिआर रिपोर्ट देखाएर मनाङ पुग्न अनुमती पाएसँगै मनाङ पुग्ने आन्तरिक पर्यटकको सङ्ख्या बढेको मनाङका पर्यटन व्यवसायी विनोद गुरुङ बताउँछन् ।
नयाँपत्रिका दैनिकबाट
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












कांग्रेसमा क्रियाशील सदस्यता अद्यावधिक गर्ने ५० प्रतिशत पनि पुगेनन्
सुन्धारा कारागारबाट फरार कैदी धादिङका गुरुङ समातिए
आजको मौसम : हल्का वर्षाको सम्भावना
संखुवासभामा पुस्तकालय स्थापना





प्रतिक्रिया