अमेरिकी राष्ट्रपतिमा वाइडेनको जीत सुनिश्चित
एजेन्सी । अमेरिकाको राष्ट्रपति निर्वाचनमा डेमोक्रयाट उम्मदेवार जोय वाइडेनको जीत सुनिश्चित भएको छ ।
उनले मतगणना अन्तिम चरणमा पुग्दा तीनवटा महत्वपूर्ण राज्यहरुमा अग्रता लिएपछि जीत सुनिश्चित भएको हो । यसअघि ट्रम्पले अग्रता लिएका जर्जिया र पेनसिल्भानियामा पनि वाइडेन अघि बढेका छन् । ती राज्यहरुमा जित हासिल गरेमा वाइडेनले आवश्यक २ सय ७० इलेक्ट्रोरल मत पाउनेछन् । अब ट्रम्पका लागि अदालत मात्र सहारा बनेको छ । उनले खामबन्दीबाट पठाइएका मतलाई अवैध दाबी गरेका छन् । ती मतका कारण वाइडेन अघि बढेका हुन् ।
फक्स न्युजका अनुसार जोय बाइडेनले २६४ इलेक्ट्रोरल मत पाइसकेका छन् । जर्जिया राज्यमा वाइडेन विजयी भएमा ट्रम्प राष्ट्रपति निर्वाचित हुन आवश्यक २७० इलेक्ट्रोरल मत पाउने सम्भावना समाप्त हुने अवस्था छ । उक्त राज्यको मतभार १६ इलेक्ट्रोरल छ । अब वाइडेनलाई चुनाव जित्न मात्र ६ इलेक्ट्रोरल मत आवश्यक छ । पछिल्लो अवस्थामा वाइडेन नेभेडामा पनि अगाडि छन् । त्यहाँ उनलाई आवश्यक पर्ने ६ इलेक्ट्रोरल मतभार छ । १५ इलेक्ट्रोरल मतभार रहेको नर्थ क्यारोलिनामा ट्रम्प वाइडेनभन्दा केही हजार मतले मात्र अगाडि छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













बागमती प्रदेशमा भारी वर्षाको संभावना, सतर्कता अपनाउन आग्रह
मनाङमा हिमपातपछि फसेका व्यक्तिहरुको उद्धार
नुवाकोटमा वर्षातकै बीचमा धान भित्र्याउन किसान व्यस्त
रसुवामा हिमपातको सम्भावना,सर्तकता अपनाउन आग्रह
जेनजी आन्दोलनमा प्रहरी हत्याको आरोपमा रसुवाका सौरभ समातिए





प्रतिक्रिया