प्रचण्डका घरबेटीको फेरी अर्को गल्ती

विदुर खबर २०७७ कार्तिक १९ गते १६:५७

नुवाकोट । समयमा नै रासायनिक मल नल्याएको भन्दै कृषि सामग्री कम्पनीले कारवाही गरेको नेकपा अध्यक्ष प्रचण्डका घरबेटी शारदाप्रसाद अधिकारीको शैलुङ इन्टरप्राइजेज कम्पनीले पुनः गल्ती दोहोर्याएको छ ।

Advertisement

एक वर्ष मल खरिदको तीनवटा ठेक्का सम्झौतामा हस्ताक्षर गरेको उक्त कम्पनीलाई १ ठेक्कामा कारवाही गरिएकोमा पुन अर्को ठेक्कामा समेत गल्ती गरेको पाइएको हो । अन्तराष्ट्रिय बोलपत्र अनुसार एकै वर्षका लागि ३ वटा ठेक्कामा छनौट भएको कम्पनीले समयमा मल नल्याउँदा धान रोप्ने समयमा मल नपाएका किसानले गहुँमा समेत मल राख्न नपाउने सम्भावना देखिएको कम्पनीका अधिकारीहरु बताउँछन् ।

कृषि सामग्री कम्पनीको गोदामसम्म ३० हजार मेट्रिक टन रासायनिक मल खरिद गरेर ल्याइसक्न शैलुङलाई कात्तिक २४ गतेसम्मको अबधि दिइएकोमा अबधि सकिन लाग्दा मल खरिदको कुनै जानकारी नआएको कम्पनीका प्रबन्ध निर्देशक नेन्द्रबहादुर भण्डारी बताउँछन् ।

Advertisement

केही समय अघि शैलुङको आग्रहमा सिपमेन्ट (मल जहाजमा लोड गर्ने काम) को समयसीमा थप गरिदिए पनि मल हस्तान्तरणको समय सकिन लाग्दा मल आउने सम्भावन न्यून रहेको उनले बताए ।

‘हामीलाई सिपमेन्टको समय थप गर्न निवेदन आएको थियो, निवेदन अनुसार एक साता समयावधि थप गरियो । सम्झौता अवधि सकिन लाग्यो तर अहिलेसम्म चित्तबुदो जवाफ आएको छैन’, उनले भने, ‘मल खरिद गरेर आयातको तयारीमा भए हामी केही समयका लागि अबधि थप गर्न सक्छाँै, तर अहिलेसम्म जानकारी नआउँदा मल आउने सम्भावना न्यून देखिन्छ ।’

Advertisement

यसअघि कारवाहीमा परेपछि समयमा नै मल आयात हुने अनुमान गरिएको थियो तर मल आउने सम्भावन न्यून देखिएको उनी बताउँछन् । कम्पनीले दिएको समय (कात्तिक २४ गते) एक सातासम्म पखर्ने र उक्त समयसम्म कुनै जानकारी नआए पुनः कारवाही गरिने कम्पनीले जनाएको छ ।

‘सम्झौता गरेको कम्पनीले एक सातापछि भएपनि मल ल्याए हामी त्यहीमा खुशी हुन्छौँ । धान रोप्ने बेलामा मल नपाएका किसानले गहुँ र आलु लगाउने बेलामा मल नपाउँदा उनिहरुको बिजोग भएको छ ।’ कम्पनीका एक कर्मचारी भन्छन्, ‘कृषको दुख हेर्न बाहेक हामीले केही गर्न सकेका छैनौँ । सम्झौता गरेर मल नल्याउँदा कृषकको बिजोग भएको छ । पटक÷पटक ताकेता गर्दा हामीलाई समेत अप्ठ्यारो भयो ।’

कृषि सामग्री कम्पनीले सैलुङलाई चालु आर्थिक वर्ष २०७७/०७८ का लागि मल ल्याउने भन्दै २ वटा ठेक्दामा सम्झौता गरेको छ । ५५ हजार मेट्रिक टन मल खरिद गर्नेका लागि गत असार १८ गते ३० हजार मेट्रिक टन र साउन ४ गते २५ हजार मे.टन मल ल्याउने ठेक्का सम्झौता गरिएको हो । असार १८ गते भएको सम्झौताको अन्तिम समय कात्तिक २४ गते सकिदैछ । सरकारले समयमा नै मल नल्याएको कम्पनीलाई राजनीतिक पहुँचका आधारमा पुनः ठेक्का दिदा समयमा मल नपाएको किसानहरुले आरोप लगाउँदै आएका छन् ।

यसअघि सैलुङ र होलीको मल्टिपल गत वर्ष सम्झौता गरेको २५/२५ हजार मे.टन रासायनिक मल नल्याएपछि धरौटी रकम जफत गर्दै १ वर्ष कालोसूचिमा राख्न कम्पनीले सार्वजनिक खरिद अनुगमन कार्यालयलाई सिफारिस गरेको थियो । पावरको प्रयोग गर्दा शारदाप्रसाद अधिकारीले पाटन उच्च अदालतमा फेक कागजात देखाउँदै कम्पनी विरुद्ध मुद्दा दर्ता समेत गरेका थिए ।

प्रतिक्रिया