नुवाकोटमा कोरोना संक्रमितको संख्या ४ सय २२ पुग्यो

विदुर खबर २०७७ कार्तिक ११ गते २०:३२

नुवाकोट । नुवाकोटमा कोरोना संक्रमितको संख्या ४ सय २२ पुगेको छ ।

Advertisement

स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा जिल्लामा कुनैपनि व्यक्तिमा कोरोना संक्रमण देखिएको छैन । जिल्लाका कुल संक्रमितमध्ये ३ सय १९ पुरुष र एकसय ३ जना महिला रहेका छन् ।

कार्यालयका सुचना अधिकारी उत्तम खनालका अनुसार पछिल्लो २४ घण्टामा जिल्लाका ५ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । जसमा विदुर नगरपालिकाका समान दुई पुरुष र दुई महिला छन् भने किस्पाङ गाउँपालिकाका एक पुरुष रहेका छन् ।

Advertisement

हालसम्म नुवाकोटका एकसय ७४ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् भने एक जनाले ज्यान गुमाएका छन् । नुवाकोटका ६ जनाको पिसिआर परिक्षण गरिएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

प्रतिक्रिया