महासंघ वरिष्ठ उपध्यक्षमा चन्द्र ढकालको उम्मेदवारी

विदुर खबर २०७७ कार्तिक ५ गते २०:२७

नुवाकोट ।  नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकालले उम्मेदवारी दर्ता गराएका छन्। उनी अहिले उपाध्यक्ष छन्।

Advertisement

बुधबार महासंघको केन्द्रीय कार्यालय टेकुमा ढकालसहित उनको प्यानलका सबै उपाध्यक्ष पदका उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका हुन्। ढकाल प्यानलबाट वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, जिल्ला-नगर उपाध्यक्षमा गुणनिधि तिवारी र एशोशियट उपाध्यक्षमा रामचन्द्र संघईले उम्मेदवारी दर्ता गराएका हुन्।

महासंघको ५४औं वार्षिक साधारणसभा तथा निर्वाचन आगामी मंसिर ११ बाट १३ गतेसम्म काठमाडौंमा हुँदैछ। गत चैतमा हुनुपर्ने महासंघको साधारणसभा कोभिडका कारण स्थगित भएको थियो। वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने महासंघको विधानमा उल्लेख छ। त्यसो हुँदा वरिष्ठ उपाध्यक्षको प्यानल बन्ने गर्छ।

Advertisement

ढकालको प्रतिष्पर्धीका रूपमा अर्का उपाध्यक्ष किशोर प्रधान छन्।

प्रतिक्रिया