नुवाकोटमा आज एकैदिन थपिए ५९ जना कोरोना संक्रमित

विदुर खबर २०७७ कार्तिक ५ गते १८:१८

नुवाकोट । नुवाकोटमा आज एकैदिन ५९ जना कोरोना संक्रमित थपिएका छन् ।

Advertisement

स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा जिल्लामा ५९ जना कोरोना संक्रमित भेटिएका हुन् । कार्यालयका सुचना अधिकारी उत्तमराज खनालका अनुसार पछिल्लो २४ घण्टामा जिल्लाका सुर्यगढी गाउँपालिकाका २४ पुरुष र १२ महिला, शिवपुरी गाउँपालिकाका ७ पुरुष, दुप्चेश्वर गाउँपालिकाका ५ पुरुष र एक महिला ,ककनी गाउँपालिकाका ४ पुरुष र एकमहिला तथा विदुर नगरपालिकाका ३ महिला र २ पुरुषमा कोरोना संक्रमण देखिएको जानकारी दिए । यससँगै नुवाकोटमा कोरोना संक्रमितको संख्या ३ सय ६९ पुगेको छ । जसमा २ सय ८२ पुरुष र ८७ महिला रहेका छन् ।

त्यस्तै नुवाकोटमा सक्रिय कोरोना संक्रमितको संख्या २ सय १८ पुगेको स्वास्थ्य कार्यालयका सुचना अधिकारी खनालले बताए । संक्रमितमध्ये अधिकांश होम आइसोलेसनमा रहेको खनालले जानकारी दिए ।

Advertisement

त्यस्तै नुवाकोटका एकसय ४७ जना कोरोना संक्रमित निको भएर घर फर्किसकेका छन् भने जिल्लाका एक जना कोरोना संक्रमित महिलाको ज्यान गइसकेको छ । नुवाकोटमा हालसम्म ५ हजार ७ सय ९८ जनाको पिसिआर परिक्षण गरिएको छ ।

प्रतिक्रिया