नुवाकोटमा आज एकैदिन थपिए ५९ जना कोरोना संक्रमित
नुवाकोट । नुवाकोटमा आज एकैदिन ५९ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा जिल्लामा ५९ जना कोरोना संक्रमित भेटिएका हुन् । कार्यालयका सुचना अधिकारी उत्तमराज खनालका अनुसार पछिल्लो २४ घण्टामा जिल्लाका सुर्यगढी गाउँपालिकाका २४ पुरुष र १२ महिला, शिवपुरी गाउँपालिकाका ७ पुरुष, दुप्चेश्वर गाउँपालिकाका ५ पुरुष र एक महिला ,ककनी गाउँपालिकाका ४ पुरुष र एकमहिला तथा विदुर नगरपालिकाका ३ महिला र २ पुरुषमा कोरोना संक्रमण देखिएको जानकारी दिए । यससँगै नुवाकोटमा कोरोना संक्रमितको संख्या ३ सय ६९ पुगेको छ । जसमा २ सय ८२ पुरुष र ८७ महिला रहेका छन् ।
त्यस्तै नुवाकोटमा सक्रिय कोरोना संक्रमितको संख्या २ सय १८ पुगेको स्वास्थ्य कार्यालयका सुचना अधिकारी खनालले बताए । संक्रमितमध्ये अधिकांश होम आइसोलेसनमा रहेको खनालले जानकारी दिए ।
त्यस्तै नुवाकोटका एकसय ४७ जना कोरोना संक्रमित निको भएर घर फर्किसकेका छन् भने जिल्लाका एक जना कोरोना संक्रमित महिलाको ज्यान गइसकेको छ । नुवाकोटमा हालसम्म ५ हजार ७ सय ९८ जनाको पिसिआर परिक्षण गरिएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












Breaking News कांग्रेस नेता एवं पूर्वमन्त्री दिपक खड्का पक्राउ
आजको मौसम : चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
नुवाकाेटमा बालेन्द्र र सुधनविरूद्ध नाराबाजी
सार्वजनिक प्रशासनमा दलीय ट्रेड युनियन खारेज गरिने
ओलीको रिहा माग्दै नुवाकाेटमा प्रदर्शन





प्रतिक्रिया