बट्टारको हावाघरमा १५ सय विरुवा रोपियो(फोटो फिचर)

विदुर खबर २०७५ साउन २ गते १६:१९

विदुर÷नुवाकोटको विदुर नगरपालिका वडा नं ४ बट्टारको हावाघरमा मंगलबार विहान विभिन्न जातका १५ सय विरुवा रोपिएको छ ।

Advertisement

विदुर नगरपालिकाको आयोजनामा भएको वृक्षारोपण कार्यक्रममा मन्तव्य राख्नु स्वागत मन्तव्य राख्नुहुँदै विदुर नगरपालिकाका उपप्रमुख गिता दाहालले नगरपालिकाभित्र रहेको खाली जग्गामा वृक्षारोपण गर्ने अभियान रहेको भन्दै त्यसको औपचारिक शुरुवात आनबाट भएको बचाउनुभयो । उपप्रमुख दाहाल अर्यालले नगरपालिकाले अबका दिनमा नगरपालिकाभित्रको दाली स्थानमा विरुवा रोप्ने अभियान संचालन गर्ने बताउनुभयो ।

Advertisement


त्यस्तै कार्यक्रममा मन्तव्य राख्दै प्रतिनिधिसभाका सांसद नारायणप्रसाद खतिवडाले वृक्षारोपणले शहरको ुन्दरता बढ्ने भन्दै यस्ता अभियान निरन्तर चलिरहनुपर्ने बताउनुभयो । कार्यक्रममा नुवाकोटका प्रमुख जिल्ला अधिकारी उद्धववहादुर थापा, नेपाली सेनाका गणपति,प्रहरी उपरीक्षक,नगरपालिका प्रमुख सञ्जु पण्डितर उपप्रमुख गिता दाहाल लगायत विभिन्न दलका प्रतिनिधि,बुद्धिजिवी,समाजसेवी र पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

Advertisement

प्रतिक्रिया