नुवाकोटका दुई राप्रपा एक भए,अध्यक्षमा खड्की
नुवाकोट । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) र राष्ट्रिय प्रजातन्त्र पार्टीविच नुवाकोटमा समायोजन भएको छ ।
समायोजन पश्चात राष्ट्रिय प्रजातन्त्र पार्टीको जिल्ला अध्यक्षमा यस अघि राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)का अध्यक्ष रहनुभएका कुलबहादुर खड्की चयन हुनुभएको छ । वुधबार एक कार्यक्रमका विच खड्कीलाई सर्वसम्मत रुपमा चयन गरिएको हो ।
दुई पार्टी समायोजन गरि गठन गरिएको जिल्ला कार्य समितिको वरिष्ठ उपाध्यक्षमा ३ जना चयन भएका छन् । वरिष्ठ उपाध्यक्षमा जयबहादुर तामाङ, शिव अधिकारी र नारायण अधिकारी रहेका छन् । जिल्ला कार्य समिति ८५ सदस्यीय बनाइएको अध्यक्ष खड्कीले जानकारी दिनुभएको छ ।
पार्टीलाई अघि बढाउनको लागि वडादेखि स्थानीय तहसम्म संगठन विस्तार गरिने अध्यक्ष खड्कीले बताउनुभएको छ । संगठन बलियो भए पछि मात्र पार्टी बलियो हुने भएकोले संगठन विस्तार तर्फ लाग्ने उहाँको भनाई रहेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














विदुरको १८ प्रस्ताव: ‘एक वडा एक स्मार्ट सिटी’ देखि विपद तालिम केन्द्रसम्म जिल्लामा पेश गरिने
अब त्रिशूलीमा लामो र अग्लो मोटरेबल पुल
मुटु भक्कानीने , भोटेकोशी बाढीको त्यो क्षण
चिलिमे जलविद्युत आयोजनाको सुरुङमा तीन जनाको शव फेला
विदुरका ७ वडा जोड्ने ५० करोडको वैकल्पिक सडक स्तरोन्नतिका लागि सिफारिस





प्रतिक्रिया