नुवाकोटका दुई राप्रपा एक भए,अध्यक्षमा खड्की

विदुर खबर २०७७ असोज २८ गते २०:३९

नुवाकोट । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) र राष्ट्रिय प्रजातन्त्र पार्टीविच नुवाकोटमा समायोजन भएको छ ।

Advertisement

समायोजन पश्चात राष्ट्रिय प्रजातन्त्र पार्टीको जिल्ला अध्यक्षमा यस अघि राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)का अध्यक्ष रहनुभएका कुलबहादुर खड्की चयन हुनुभएको छ । वुधबार एक कार्यक्रमका विच खड्कीलाई सर्वसम्मत रुपमा चयन गरिएको हो ।
दुई पार्टी समायोजन गरि गठन गरिएको जिल्ला कार्य समितिको वरिष्ठ उपाध्यक्षमा ३ जना चयन भएका छन् । वरिष्ठ उपाध्यक्षमा जयबहादुर तामाङ, शिव अधिकारी र नारायण अधिकारी रहेका छन् । जिल्ला कार्य समिति ८५ सदस्यीय बनाइएको अध्यक्ष खड्कीले जानकारी दिनुभएको छ ।

पार्टीलाई अघि बढाउनको लागि वडादेखि स्थानीय तहसम्म संगठन विस्तार गरिने अध्यक्ष खड्कीले बताउनुभएको छ । संगठन बलियो भए पछि मात्र पार्टी बलियो हुने भएकोले संगठन विस्तार तर्फ लाग्ने उहाँको भनाई रहेको छ ।

Advertisement

प्रतिक्रिया