एन्फा कप अन्तर मावि फुटबल प्रतियोगिताको उपाधि रातमाटेको महादेव माविलाई, फाइनलमा पन्चकन्या २ का विरुद्ध १ गोलले पराजित

विदुर खबर २०७५ साउन २ गते १२:४०

बट्टार÷ नुवाकोट जिल्ला फुटवल संघको आयोजनामा असार २७ गतेदेखि सुरु भएको एन्फा कप अन्तर माध्यामिक फुटबल प्रतियोगिताको उपाधि रातमाटेको महादेव माविले उचालेको छ ।

Advertisement

आज भएको फाइनल खेलमा रातमाटेको माहादेव माविले कोलनीको पन्चकन्या बोर्डिङ स्कुलललाक्षर्् फाइनलमा २ का विरुद्ध १ गोल अन्तरले पराजित गर्दै महादेव माविले उपासध उचालेको हो । खेलमा महादेव माविका निमा तामाङलगोल गरे भने एक गो पन्चकन्या विद्यालयले सुसाइड गोल उपाहार दिएको थियो । खेलको २४ औ मिनेटमा गोल गर्दै खेलमा अग्रता भने पन्चकन्या बोर्डिङ स्कुलले लिएको थियो । खेलमा लगातार आक्रमण बुनेपनि पन्चकन्याले पाएको मौकाको सदुपयोग नगर्दा पन्चकन्याले खेल महादेव माविलाई सुम्पियो र उपाधिविहिन बन्न बाध्य भयो । प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गरेका महादेव माविका रामेश्वर नेपाल उत्कृष्ट खेलाडी घोषित भएका छन । त्यस्तै उदयीमान खेलाडी पन्चकन्या बोर्डिङ स्कुलका विकास तामाङ भए ।


प्रतियोगितामा उपाधी उचालेको माहादेव माविले अब प्रदेश नं ३ मा हुने प्रदेशस्तरीय प्रतियोतिामा सहभागिता जनाउने छ । प्रतियोगितामा नुवाकोटका विभिन्न २३ वटा विद्यालयको सहभागिता रहेको थियो ।

Advertisement

प्रतिक्रिया