यस वर्ष दशैँमा नयाँ नोट साट्न नपाइने
विदुर खबर
२०७७ असोज २५ गते २०:००

नुवाकोट । नेपाल राष्ट्र बैंकले यस वर्ष दशैँमा नयाँ नोट वितरण नगर्ने भएको छ ।
राष्ट्र बैंकले कोरोना संक्रमण बढ्दै गएको र नेपाल सरकारले समेत बैंकहरुमा भिडभाड हुन नदिन निर्देशन दिएकोले यस वर्ष नयाँ नोट वितरण नगरिने जनाएको हो ।
राष्ट्र बैंक लगायत विभिन्न बैंक तथा वित्तीय संस्थाका कर्मचारीमा कोरोना देखिएको र नोट सटही गर्दा भिडभाड बढी संक्रमण थप फैलिने जोखिम बढेकोले नोट नसाटिने भएको हो ।
Advertisement
सम्बन्धित
प्रतिक्रिया