जसपा नुवाकोटका अध्यक्ष ईश्वर राउतलाई कोरोना संक्रमण

विदुर खबर २०७७ असोज २१ गते २०:३८

नुवाकोट । जनता समाजवादी पार्टी (जसपा) नुवाकोटका अध्यक्ष ईश्वर राउतलाई कोरोना संक्रमण भएको छ ।

Advertisement

राउतको पिसिआर चेकजाँच गर्दा उनको रिर्पाट पोजेटिभ आएको जनता समाजवादी पार्टी नुवाकोटका अध्यक्ष ईश्व्र राउतले विदुर खबरलाई जानकारी दिए ।

राउतले आफुलाई कोरोना संक्रमण भएको भन्दै पछिल्लो एकसाता यता आफ्नो सम्पर्कमा आएकाहरुलाई पनि सावधानी अपनाई पिसिआर परिक्षण गर्न सामाजिक संजाल फेसबुकमार्फत आग्रह गरेका छन् ।

Advertisement

जसपा नुवाकोटका अध्यक्ष राउत गत प्रदेशसभा निर्वाचनमा नुवाकोट क्षेत्र नम्बर १ को प्रदेश ख को उम्मेदवार समेत रहेका थिए ।

प्रतिक्रिया