धुन्चेमा लामा विद्याको संरक्षण गर्दै स्थानिय युवाहरु

विदुर खबर २०७७ असोज २० गते २०:१८

रसुवा । साविकको धुन्चे गाविस हालको गोसाईकुण्ड गाउँपालिका वडा नं. ६ धुन्चेका युवाहरु आफ्नो परापपुर्वकाल देखिको लामा विद्याको संरक्षण गरि निरन्तरता दिन लागी परेका छन ।

Advertisement

धुन्चेका स्थानिय समाज सेवी लामा रेन्जेन घलेका अनुसार आफ्नो पुर्खा देखि चलिआएको रितिरिवाज धर्म साँस्कृतिहरु मार्न नदिन र आजको २१ औँ शताब्दी मा पनि आफ्नो परम्परालाई जिवन्त राख्न गएको असार दुई गते बाट असोज २६ गते सम्म गुफा बसी आफ्नो सम्पुर्ण विधाहरु सिकेर निस्कदै छन् । छाया बुम मन्त्र एक लाख एक हजार एक सय ११ पटक भगवान प्रति एक महिना लगाएर ढोग गरी हिग्या दार्जे सेम्पा (बज्रदेवता) को ज्ञान प्राप्त गर्न ९१ वटा अकं रहेको एक लाख एक हजार एक सय ११ मन्त्र एक महिना लगाएर जप्ने गरिन्छ ।

साल्देव र यसमा आफुले पुज्दै आएको सम्पुर्ण बुद्धहर चिनाउने र त्यसको ज्ञान प्रप्त गर्ने काम गरि यसमा पनि चार वटा मन्त्र एक लाख एक हजार एक सय ११ जप्नु पर्ने हुन्छ । यस्तै फोज्ये (टुपी मन्त्र) यो कार्य २४ घण्टा भित्र प्राप्त गर्नु पर्ने हुन्छ यसको कारण आफु मर्दा जाने बाटो थाहा पाउन र मानव जातिमा आपत विपत परि मरेका लासकोे टुपी निकाल्ने र बुद्ध बास गर्ने ठाउँमा मृतकको आत्माले शान्ती पाउने कार्य यस विधाबाट गर्ने भएको तिन महिना २५ दिनको कठोर तपस्या गरि आफ््नो भइरहेको परम्परालाई जोगाई राख्न लागी परेका छन । यस्तो कठोर गुफा बसेको २४ घण्टा पछि १५ दिन सम्म मन्त्र जप्ने कार्य हुने स्थानिय समाजसेवि घलेले जानकारी दिनुभयो ।

Advertisement

आफ्नो धर्म संस्कृतिमा धनि रहेको धुन्चे बासीहरुले आफ्नो परम्परा छोडेका छैनन् । आफ्नो संस्कृतिलाई जोगाएका छन् । संरक्षण गर्नुपर्छ भनेर धुन्चेका आठ जना युवाहरुले अहिलेको जमानामा पनि धर्म कर्ममा लागेको भन्ने जमतमा आफ्नो पुर्खाहरुले गरेको काम गुफा बसी लामा विधा सिकेर अगाडी बढनु पर्छ भनेर लागी परेका उनिहरुबाट अवका युवा पिढीले सिक्न जरुरी छ ।

Advertisement

तामाङ समुदायको बाहुल्यता रहेको धुन्चेमा आफ्नो धर्मलाई जिवन्त राखि बोलिचाली रहन सहन भेषभुषाको जगेर्ना गरि आफ्ना कला लाई मास्न दिएका छैनन । यहाँको चलन आफ्नो ठाउँमा आएका पाहुनाहरुलाई एकदमै आतिथ्य सत्कार गरि आफ्नो पहिचानको बारे जानकारी दिने गर्दछन । तामाङ संस्कृति झल्कने तामाङ संग्रालय समेत यहाँ रहेको छ ।

आफ्नो संस्कार मासिने होकी बाहुबाजेले गरेका यस्ता किसिमका काम अहिलेका पुस्ताले गर्छ कि गर्दैनन् । भन्ने चिन्ता थियो तर युवाहरुले निरन्तरता दिएका छन बन्दै रसुवा नगरिक यसमाजका अध्यक्ष बाबुलाल तामाङले खुसी व्यक्त गर्नु भयो । धुन्चेमा लामा विधा र झाक्री विधा सिकेर आफ्नो पहिचान लाई जिवन्त राखेका छन् । आफ्नो सांस्कृति हराए हामी मानव हुनुको अस्तित्व नहुने र धुन्चे आठ जना युवाले कठोर रुपमा तिन महिना गुफा बसेर निस्केपछि लामा पुरोहित हुनेछन् ।

गुफा बसिरहेका लामा पुरोहीत आशिष घले भन्नु हुन्छ । आजको युगमा आफ्नो पहिचान, कला संस्कृति भेष भुषा हराउदै गएको छ । हामी विदेशी रहन सहन मा भुलिसक्यो त्यसैले हामी युवाले नगरे कसले गर्छ भनेर आफ्नो संस्कृति जोगाएका हौँँ ।

प्रतिक्रिया