कोरोनाबाट बच्न सकेसम्म काठमाण्डौ नआउन सरकारको आह्वान
विदुर खबर
२०७७ असोज १७ गते १९:१२

नुवाकोट । कोरोनाको संक्रमणदर उच्च रहेको काठमाण्डौमा काम नपरी नआउन सरकारले देशभरका सर्वसाधारणलाई आग्रह गरेको छ।
नियमित प्रेस व्रिफिङका क्रममा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सरकारको तर्फबाट यस्तो आह्वान गरेका हुन् । पछिल्लो २४ घण्टामा देशभर २ हजार १२० कोरोना संक्रमण थपिएका छन् । यीमध्ये १ हजार १७७ काठमाण्डौ उपत्यकाका मात्रै छन् । यसरी पछिल्ला दिनहरुका काठमाण्डौमा संक्रमणको दर उच्च बन्न थालेकोले अत्यावश्यक काम नपरी काठमाण्डौ नआउन डा. गौतमले आग्रह गरेका हुन् ।
उनले आउनै परे पनि स्वास्थ्यका मापदण्ड पालना गरेर मात्र आउन आग्रह गरेका छन् । पछिल्ला केही दिनहरुमा देशभर थपिएका कुल संक्रमितमध्ये काठमाण्डौका मात्रै ५० देखि ६० प्रतिशतको बीचमा रहने गरेका छन्।
सम्बन्धित
प्रतिक्रिया