काठमाडाैँमा १ हजार सहित उपत्यकामा ११७७ सक्रमित थपिए
विदुर खबर
२०७७ असोज १७ गते १९:०५

नुवाकोट । शनिबार काठमाडौँ उपत्यकाका थप ११ सय ७७ जनामा कोरोना पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा उपत्यकाका विभिन्न अस्पतालमा गरिएको स्वाब परीक्षणमा काठमाडौँका १ हजार १, भक्तपुरका ६७ र ललितपुरका १ सय ९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
पछिल्लो समय उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै छ । हिजो मात्रै उपत्यकाका १६ सय ३८ जनामा कोरोना देखिएको थियो । यससंगै उपत्यकामा कोरोना संक्रमितको कुल संख्या २७ हजार ८८० पुगको छ।
यस्तै, शनिबार नेपालमा थप २१२० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८४ हजार ५७० पुगेको छ। संक्रमितमध्ये ६२ हजार ७४० जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट अहिलेसम्म ५२८ जनाको मृत्यु भएको छ।
सम्बन्धित
प्रतिक्रिया