नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय ५९ पुग्यो
विदुर खबर
२०७७ असोज ९ गते १८:२०

नुवाकोट । आज थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै मृतकको संख्या ४ सय ५९ पुगेको छ।
३ महिला र ३ पुरुष गरी ६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मोरङमा ६० वर्षीया महिला र ५५ वर्षीय पुरुष, सप्तरीमा ७० वर्षीय पुरुष, ललितपुरमा ५१ वर्षीय पुरुष, काठमाडौंमा ७५ र कपिलवस्तुमा ७० वर्षीया महिलाको मृत्यु भएको छ।
सम्बन्धित
प्रतिक्रिया