रसुवाको तेइस स्वास्थ्य संस्था स्थानीय तहमा हस्तान्तरण
विदुर खबर
२०७५ साउन १ गते १:४५
रसुवा, जिल्ला जनस्वास्थ्य कार्यालयले आफ्नो मातहतमा रहेका विभिन्न स्वास्थ्य संस्थालाई आज एक समारोहबीच स्थानीय तहलाई हस्तान्तरण गरेको छ ।
एक प्राथमिक स्वास्थ्य केन्द्रसहित १८ सरकारी र पाँच सामुदायिक गरी कुल २३ वटा स्वास्थ्य संस्थालाई स्थानीय तहमा हस्तान्तरण गरिएको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख डा गुणनिधि शर्माले जानकारी दिनुभयो ।
हस्तान्तरण गरिएका सबै स्वास्थ्य संस्था साउन १ गतेबाट स्थानीय तहको रेखदेख र अनुगमनमा रहने बताइएको छ ।
हस्तान्तरण गरिएका स्वास्थ्य संस्थामध्ये नौकुण्ड गाउँपालिकामा चार, आमाछोदिङमोमा पाँच, गोसाइँकुण्डमा छ, उत्तरगयामा चार र कालिका गाउँपालिकामा चार वटा रहेका छन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया