नुवाकोटका जनप्रतिनिधि तस्करको पक्षमा,अवैध कसर खोल्न नदिएको भन्दै सिडियोलाई थर्काए

विदुर खबर २०७७ असोज ७ गते २०:४५

नुवाकोट । नुवाकोट प्रहरी र प्रशासनले जिल्लाका अवैध क्रसरमा ताला लगाएपछि नुवाकोटका जनप्रतिनिधिहरु ताला खोल्न एकजुट भएका छन् । अवैध रुपमा चलेका क्रसर खोल्नुपर्ने भन्दै जनप्रतिनिधिहरुले तस्करको साथ दिँदै सिडियोलाई थर्काएका छन् ।

Advertisement

सोमबार विदुरमा आयोजित नदी तथा खानीजन्य स्रोतहरुको संकलन उपयोग र व्यवस्थापन सम्बन्धी जिल्लास्तरीय समन्वय बैठकमा बाग्मति प्रदेशसभाका सांसद हिरानाथ खतिवडा र जिल्लाका विभिन्न स्थानिय तहका प्रमुख, जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङले प्रहरी र प्रशासन मिलेर क्रसर बन्द गरेको भन्दै प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकाल र प्रहरी प्रमुख तुलबहादुर कार्किलाई थर्काएका छन् । छन् ।

                                              अवैध क्रसरमा ताला लगाउँदै अनुगमन समितिका पदाधिकारीहरु ।

जिल्लाका अधिकांश जनप्रतिनिधिहरुको तस्करहरुसँग राम्रो साँठगाँठ रहेको भन्ने आरोप लागेको वेला सडियो र प्रहरीले सर्वाेच्च अदालत र प्रधानमन्त्रि कार्यालयको आदेश कार्यान्यन गरि अवैध क्रसरहरु बन्द गराएपछि क्रसर तत्काल खोल्नुपर्ने माग जिल्लाका जनप्रतिनिधिहरुले गरेका हुन् । सम्बन्धित स्थानीयत तहका प्रमुख र जिल्ला समन्वय प्रमुखले अबैध रूपमा चलेका क्रसरबाट ५० हजारदेखि २ लाखसम्म मासिक बुझ्ने गरेको आरोप लागिरहेको सन्दर्भमा सोही उद्योगहरू बन्द भएपछि ती स्थानीय तहका प्रमुख र प्रतिनिधिहरूले प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखको विरूद्धमा दिएको अभिव्यक्ति र देखाएको व्यवहारले उक्त आरोप थप पुष्टि गरेको छ ।

Advertisement

कार्यक्रममा नेकपा नुवाकोटका अध्यक्ष तथा बाग्मति प्रदेशका प्रदेशसभा सदस्य हिरानाथ खतिवडाले समेत तस्करको पक्षमा वकालत गर्दै सर्वाेच्चको आदेश तपाईले नै किन कार्यान्यन गर्नप¥यो ? तपाई किन बढी जान्ने सुन्ने भएको भन्दै सिडियो ढकाललाई प्रशन गरेका थिए । खतिवडाले सिडियो ढकालले स्थानिय तहको क्षेत्राधिकार मिचेको भन्दै बढी जान्नी नहुन चेतावनी दिएका थिए । ययअघि पनि खतिवडाले स्थानियबासीले वर्डस्टोन अवैध रुपमा चलेको भन्दै बन्द गर्न माग गरेपछि उनले बन्द गर्न नहुने बताएका थिए । सांसद खतिवडाले देशभरका क्रसरले लुटेको अवस्थामा नुवाकोटमा मात्रै किन लुट्न नपाइने भन्दै आक्रोश पोखेका थिए ।

त्यस्तै विदुर नगरपालिका प्रमुख सञ्जु पण्डितले आदालतदेखि देशका प्रधानमन्त्रीको विरूद्धमा समेत धावा बोलेका थिए । उनले प्रधानमन्त्रि कार्यालयले समेत आफुहरुको काममा दख्खल दिन नसक्ने भन्दै आफुहरुको काममा अवरोध कसैले गर्न नसक्ने बताए । स्थानीय तहहरूको मैमत्ता प्रवृति बढीरहेको आम गुनासोको बीचमा जनप्रतिनिधिले देखाएको व्यवहारले त्यसलाइ पनि पुष्टि गर्दै लगेको छ । स्थानीय स्तरमा विकासको काम गर्न र जनतालाइ सुविधा दिन भन्दा पनि कुन बाटोबाट बढी कमाइहुन्छ भनेर जनप्रतिनिधिहरू अघि बढिरहेको देखिन्छ ।

Advertisement

कार्यक्रममा नुवाकोटका प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले नुवाकोटका खोलाहरुमा मापदण्ड विपरित काम हुन नदिने जवाफ दिएका िथए । जिल्लाका स्थानियतहका जनप्रतिनिधिहरुले बन्द गरिएका क्रसर तत्काल खोल्नुपर्ने माग गरेपछि प्रजिअ ढकालले आफुले सर्वाेच्च अदालत र प्रधानमन्त्रि कार्यालयको आदेश कार्यान्यन गरेको भन्दै प्रहरी र प्रशासनले आदेश कार्यान्यन मात्र गरेको बताए ।  उनले स्थानिय तहका जनप्रतिनिधिहरुले व्यवहारिकता हेरेर काम गर्न आग्रह गरेको भन्दै कानुनले व्यवहारिकता हेर्न नसक्ने बताएका हुन् । उनले बजार अनुगमन गर्न जाँदा हल्ला गरेर जान नसकिने भन्दै क्रसरमा ताला लगाउने समयमा सबैलाई खबर गर्न जरुरी रहेको बताए ।

जिल्ला समन्वय समितिको सोही बैठकबाट नदीजन्य तथा खानीजन्य स्रोतहरूको उत्खनन् र ओसारपसार गर्न चाहने व्यक्ति वा फर्मलाइ स्थानीय तहले कानुन बमोजित उत्खनन् र ओसारपसारको व्यवस्था मिलाउने निर्णय गरेको छ । त्यसका निम्ति स्थायनीय तहले अनुमति दिनुपूर्व वातावरणीय अध्ययन प्रतिवेदन तयार गरीको सो बमोजिम मात्र अनुमति दिनुपर्ने ।

अहिले अबैध रूपमा सञ्चालनमा रहेका क्रसर उद्योगहरूले खोला किनारमा थुपारेका सामग्री स्थानीय तहले प्रचलित कानुन अनुसार लिलाम गर्ने वा शुल्क लिएर सोही उद्योगलाइ ओसारपसारको अनुमति दिने र उद्योग सञ्चालनका लागि स्थानीय तहले सहजिकरण गर्ने निर्णग गरेका छन । सर्वोच्च अदालतमा बिचाराधिन अवस्थामा रहेको मुद्दाको विषयमा नुवाकोटका स्थानीय तहका जनप्रतिनिधले दिएको अभिव्यक्ति र गरेको व्यवहारले कानुनी राज्यको उपाहास गरेको छ ।

सम्बन्धित समाचार

क्रसर प्रकरणमा विदुरका मेयरलाइ नागरिकको प्रश्न

नुवाकोटमा पावर हुनेलाई क्रसर ब्यबसाय फलिफाप, नहुनेलाई अभिसाप

नुवाकोटका अवैध क्रसर क्रसर बन्द गर्छु : प्रजिअ ढकाल

नुवाकोटका खोला तस्करको कब्जामा, नगरपालिकाको ठाडो आदेशमा खोला दोहन

गङगटेका स्थानियद्धारा अवैध रुपमा संचालन भएको वर्डस्टोन क्रसर बन्द गर्न माग

वर्डस्टोनसहित आधा दर्जन अवैध क्रसरमा विद्युत काटियो

नुवाकोटका खोलामा अवैध काम हुन दिन्न : प्रजिअ ढकाल

नुवाकोटका खोलामा अवैध काम हुन दिन्न : प्रजिअ ढकाल

नुवाकोटका बन्द गरिएको क्रसर भोलि नै खोलिनु पर्छ : प्रधान

नुवाकोट प्रहरीले वर्डस्टोनसहित आधा दर्जन क्रसरमा ताला लगायो

विदुर खबर समाचार प्रभाव : अवैध रुपमा चलेको वर्डस्टोन क्रसरमा प्रशासनको ताला

मेयर पण्डितको ठाडो आदेशमा चलेको वर्डस्टोन क्रसरमा प्रशासनको ताला

 

प्रतिक्रिया